राष्टियतामाथि प्रहार भएको भन्दै नेवा ताम्सालिङ प्रदेशको आपत्ति

1 महिना अगाडी

काठमाडौं ।  राष्टियतामाथि प्रहार गर्न खोजिएको भन्दै नेकपा माओवादी केन्द्रको नेवा ताम्सालिङ प्रदेश समितिले आपत्ति जनाएको छ  । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज गर्न पनि १० वटा राजनीतिक दलले माग गरेका छन् । प्रदेश समितिले एमसीसी नेपालको राष्टियता, सार्वभौमिकता तथा असंलग्न परराष्ट नीतिविरुद्ध भएको भन्दै उनीहरुले तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसरी भएपनि संसदबाट एमसीसी पास हुने अडान लिँदै आएका छन् ।
नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी नेपाल, नेकपा माले, राष्टिय जनमोर्चालगायतका १० दलले सरकारलाई एमसीसी खारेज गर्न दवाव दिएका हुन् । यो विषयमा नेकपा (माओवादी केन्द्र) ३ नम्बर प्रदेशले पनि समर्थन जनाएको छ । नेकपा ९माओवादी केन्द्र० को नेवा ताम्सालिङ प्रदेश समिति उपाध्यक्ष प्रकाश दाहालले एक विज्ञप्ती जारी गरी संखुवासभामा निर्माण गर्न लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनाको लगानीको लागि विश्व बैंकसमक्ष प्रस्ताव गरेकोप्रति आपत्ति जनाएको छ । विश्व बैंकमार्फत अमेरिकालाई योजना सुम्पने र अमेरिकी सैन्य भित्र्याउन  र नेपालमा परेड खेलाउन गरेको तयारीप्रति खेद प्रकट गरेको छ । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जेष्ठ ७ गते विश्व वैंकसमक्ष यस्तो प्रस्ताव गरेका थिए ।
दाहालले आयोजना नेपाल सरकारले नै बनाउनुपर्ने र नेपालीकै लगानी हुनुपर्ने माग गरेका छन् । सरकारले तत्काल यो निर्णय फिर्ता नलिए आउने परिस्थितिको जिम्मेवार पनि सरकार नै हुनुपर्ने भन्दै उनले यस्तो गलत निर्णय सच्याउन माग गरेका छन् ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter