राष्ट्रपति विद्यादेवी भण्डारीबाट टंकप्रसाद आचार्य राष्ट्रिय गौरव पुरस्कार नीलाम्बरलाई र रेवन्तकुमारी मानव अधिकार पुरस्कार स्नेहलता श्रेष्ठलाई प्रदान

5 महिना अगाडी

काठमाडौं । नेपाली प्रजातान्त्रिक आन्दोलनका जन्मदाता एवं पूर्व प्रधानमन्त्री स्व. टंकप्रसाद आचार्यको नाममा जनस्तरमा स्थापित टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आचार्यकोे १०८ औँ जन्म जयन्तिक एवं पुरस्कार वितरण कार्यक्रम यही मंसिर १७ गते राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।  
प्रतिष्ठानले यसै वर्षदेखि वितरण गर्न शूरु गरेको रु दूई लाख नगद सहितको “टंकस्रसाद आचार्य राष्ट्रिय गौरव पुरस्कार” भारतका लागि नेपालका राजदूत श्री नीलाम्बर आचार्यलार्ई प्रदान गरियो । यस्तै नेपाली महिला आन्दोनका अग्रणी व्यक्तित्व रेवन्त कुमारी आचार्यको नाममा स्थापित रु एक लाख नगद सहितको “रेवन्त कुमारी मानव अधिकार पुरस्कार” बाट राण शासन अन्त्यका लागि योगदान पु¥याउने अग्रज प्रजातन्त्र सेनानी श्रीमती स्नेहलता श्रेष्ठलाई सम्मान गरियो ।  
जन्मजयन्ति एव पुरस्कार वितरण समारोहमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन समयमा टंकप्रसाद आचार्य र रेवन्त कुमारी आचार्यले जीवनमा राणा शासन विरुद्धको क्रान्ती, प्रधानमन्त्रीत्वकालमा गरेका आमूल परिवर्तन र प्रजातन्त्र पर्नुस्थापनाका लागि राजनीतिक पार्टीहरु बीच पु¥याउनु भएको संयोजनकारी भूमिका अतुलनीय रहेको कुरा प्रस्ट पार्नु भयो ।   
समारोहका विशेष अतिथि नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालमा राजनीतिक परिवर्तनद्वारा नागरिक सम्मान र मानव अधिकार, सामाजिक न्याय एवं प्रजातन्त्र तथा लोक कल्याणकारी राज्यको स्थापना गरी देशको राष्ट्रिय स्वाधीनताको मार्गलाई विकसित गरी सर्वतोमुखी विकास गर्ने हेतुले शताब्दी लामो जहानिया राणा शासनलाई जन संघर्षबाट अन्त्य गर्नु भएका आचार्यको जिवनीबाट हामीले धेरै कुरा सिक्न सक्छौँ भन्नुभयो । उहाहरुले शुरु गर्नुभएको प्रजातानित्रक आन्दोलनबाट नै आज बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना हुदै  मुलकले गणतन्त्र प्राप्त गर्न सम्भव भएको उहाँले बताउनुभयो । 
प्रतिष्ठानका सदस्य सचिव गोविन्दप्रसाद दुलालद्वारा सञ्चालित कार्यक्रममा सम्मानीत व्यक्तित्वहरु नीलाम्बर आचार्य, स्नेहलता श्रेष्ठले आचार्य दम्पतीको नाममा स्थापित पुरस्कारबाट सम्मानित भएपछि आफूमा राष्ट्रिता र प्रजान्तत्रलाई अक्षुण राख्ने थप जिम्मेवारी महुशस भएको कुरा व्यक्त गर्नु भयो । 
कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक प्राध्यापक सोमप्रसाद गौचनले स्वागत मन्तव्य राख्दै पुरस्कार छनौटका आधारहरु प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व गर्नु भएका अरविन्द रिमालले प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, विशेष अतिथि उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल लगायतलाई आचार्यको सम्मानस्वरुप कार्यक्रमका लागि समय प्रदान गर्नु  भएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ।


राष्ट्रपति विद्यादेवी भण्डारीबाट टंकप्रसाद आचार्य राष्ट्रिय गौरव पुरस्कार नीलाम्बरलाई र रेवन्तकुमारी मानव अधिकार पुरस्कार स्नेहलता श्रेष्ठलाई प्रदान

Click to Zoom




Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter