राष्ट्रिय पुस्तक नीति बनाउन पहल गर्छुः अध्यक्ष दाहाल

2019-01-12

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताएका छन् ।
पुस्तक प्रकाशन, छपाइ, वितरण तथा अध्ययनका लागि समेत एउटा फराकिलो सोचसहितको नीति जरुरी रहेको बताए । त्यसका लागि राज्यले नै विशेष पहल गर्नुपर्दछ । विगतमा पनि त्यस्तो नीति ल्याउने प्रयास भएको भए पनि सार्थकता नपाएको अवस्था थियो । अब भने एकीकृत नीति बनाउन मेरोतर्फबाट पहल हुन्छ । सरकारले आवश्यक नीतिको तयारी गर्दछ अध्यक्ष दाहालले भने ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनलाई शनिबार यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले पुस्तक कसरी छाप्ने, कसरी वितरण गर्ने स्म्बन्धमा एकीकृत र केन्द्रित नीति हुनु राज्यको सर्वाधिक चासोको विषय बन्नुपर्ने बताए ।
पुस्तक आयात गर्दा भन्सार शुल्क तिर्नु नपर्ने भए पनि छपाईका सामग्री आयात गर्दा बढी कर तिर्नुपर्ने अवस्था रहेकोतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए ।
विगतमा भृकुटी कागज कारखानाले पुस्तक छपाइका लागि आवश्यक पर्ने सामग्रीको उत्पादन गर्ने गरेको तथ्य पेश गर्दै उनले सो कारखानाको निजीकरण पछि पुस्तक तथा स्टेशनरी व्यवसायमा समस्या आएको र परनिर्भताको दिशामा गएको हो भने ।
निजी क्षेत्रलाई प्रोत्साहन नगरिकन आर्थिक समृद्धिको यात्रा अगाडि बढ्न नसक्ने भन्दै उनले भने, “बिरालो सेतो होस् कि कालो त्यसले कुनै अर्थ राख्दैन, मुख्य विषय त्यसले मुसा मार्छ कि मार्दैन भन्नेतर्फ हेर्नुपर्दछ ।” निजी क्षेत्रलाई प्रोत्साहन र सहकार्य नगरिकन समृद्धि सम्भव नभएकाले पनि राज्यले लिएको सार्वजनिक, निजी, सहकारीलाई समानरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
जनताले कम्युनिष्ट, काङ्ग्रेस भनेर नछुट्याउने भएकाले विकास, समृद्धि दियो कि दिएन र आफ्नो जीवनमा सकारात्मक परिवर्तन भयो कि भएन भन्ने आधारमा सरकार र पार्टीको मूल्याङ्कन गर्ने उनले स्पष्ट पारे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पठन संस्कृतिको विकास र विस्तारमा पुस्तक व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले निजी क्षेत्रको विकास र विस्तारका लागि आफ्नो पार्टीले विगतदेखि नै सकारात्मक प्रयास गरेको भन्दै आगामी दिनमा पनि त्यस्तो प्रयास कायम रहिरहने उल्लेख गरे ।
आइतबारसम्म चल्ने अधिवेशनले महासङ्घको नयाँ नेतृत्व चयन गर्दै काठमाडौँ घोषणापत्रसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको सो अवसरमा जानकारी दिइयो । रासस


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter