रिपोर्टर्स क्लबद्वारा गिरिजाप्रसाद पुरस्कार श्रेष्ठ तथा मदन पुरस्कार घिमिरे र जोशीलाई प्रदान

2019-03-31

काठमाडौँ । रिपार्टर्स क्लब नेपालको यस वर्षको गिरिजा प्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार तथा नेपाल समाचारपत्रका प्रधान–सम्पादक पुष्करलाल श्रेष्ठलाई र मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्धय सुवास घिमिरे र हरिप्रसाद जोशीलाई प्रदान गरेको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरेका हुन् । श्रेष्ठलाई प्रदान गरिएको सो पुरस्कारको राशि रु एक लाखसहित प्रमाणपत्र छ । प्रधान सम्पादक श्रेष्ठ अस्वस्थ्य भएकाले सो पुरस्कार सो पत्रिकाका कार्यकारी सम्पादक दीपक रिजालले ग्रहण गरे । 
त्यस्तै ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ ‘रिपब्लिका’ अङ्ग्रेजी दैनिकका प्रधान सम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । सो पुरस्कारको राशि जनही रु ५०÷५० हजार छ ।
यसैगरी ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७५’ क्रान्तिकारी पत्रकार सङ्घका संस्थापक अध्यक्ष एवं प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २५ हजार छ । 
यसैगरि क्लबले यो वर्षको उमासिंह स्मृति पत्रकारिता पुरस्कार पत्रकार सम्झना वनलाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि २५ हजार रहेको छ । 
त्यस्तै ‘शहीद जगतजङ्ग शाह स्मृति पत्रकारिता पुरस्कार–२०७५’ पत्रकार डिल्ली बसेललाई प्रदान गरिएको छ । बसेल ईमेज च्यानल टेलिभिजनका समाचार सम्पादक हुन् । दुई दशकभन्दा बढिदेखि पत्रकारितामा सक्रिय बसेललाई दिईएको उक्त पुरस्कारको राशि २५ हजार रहेको छ । 
त्यस्तै, कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार–२०७५ नागरिक दैनिकका पत्रकार शिवहरि घिमिरेलाई प्रदान गरिएको छ । घिमिरेलाई प्रदान गरिएको उक्त पुरस्कारको राशि २५ हजार रहेको छ । 
यस्तै, ‘रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७५’ पत्रकार सन्तोष न्यौपानेलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि १५ हजार राशि रहेको छ ।
‘क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७५’ राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्साललाई प्रदान गरिएको छ । लम्साललाई प्रदान गरिएको पुरस्कारको राशि १५ हजार रहेको छ । 
त्यस्तै, ‘क्रियाशील महिला पत्रकारिता पुरस्कार–२०७५’ पत्रकार उषाकिरण कँडेललाई प्रदान गरियो । कंडेललाई प्रदान गरिएको उक्त पुरस्कारको राशि दश हजार रहेको छ । 
कार्यक्रममा प्रधानमन्त्री ओलीले भरतपुर उपमहानगरपालिका प्रमुख रेनु दाहाल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट, नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल, भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीलाई सम्मान गरेका थिए । 
त्यस्तै, बरिष्ठ उद्यमी महेश जाजु, प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन, रमन कन्स्ट्रक्शनका सिईओ तथा एमडी रमन महतो, सिप्रदी कम्पनीजका सिईओ राजनबाबु श्रेष्ठ, नेपाल आयल निगमका सिईओ सुरेन्द्र पौडेल, नेपाल टेलिकमका महाप्रबन्धक डिल्लीराम अधिकारी, प्राईम टाईम्स टेलिभिजन प्रा.लीकी निर्देशक नीलिमा गांगुली, प्राईभेट मेडिकल कलेज एशोसिएशन अफ नेपालका अध्यक्ष वसुरुद्दीन मियाँ अन्सारी, त्रि.वि.शिक्षण अस्पताल प्रमुख प्रेमकृष्ण खड्गा, बरिष्ठ समाजसेवी पूर्णलाल श्रेष्ठ र चलचित्र पत्रकार तथा निर्देशक विजयरत्न तुलाधारलाई आज प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए ।  

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter