लकडाउनमा रिक्सा चालकहरुको बिचल्ली

1 महिना अगाडी

काठमाडौं। काठमाडौं महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक संगठनले लकडाउन काकारण आफूहरु ठूलो मारमा परेको तर राज्यले यो कठिन समयमा पनि राहत तथा सहुलियत नदिएको गुनासो पोखेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले पर्यटन व्यवसाय हाल ठप्प भएको र तत्काल खुल्ने (चल्ने) सम्भावना पनि नभएकोले मजदुरको जीवन यापनमा झन समस्या थपिएको जनाएको छ। यस्तो अवस्थामा राज्यले आफूहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।
संगठनले विभन्न ६ बुँदे माग अघि सारेको छ । मजदुर प्रायः सुकुम्बासी र घर जग्गा नभएका कोठा भाडामा लिएर बस्न सक्ने क्षमता समेत नभएकाले रिक्सामा नै सुत्ने होटलमा खाने गर्दै जीविकोपार्जन गरिरहेका निमुखा अबोला गरिब असहायहरु भाएकोले निजहरुको पहिचान गरि गाँस, बास र कपासको व्यवस्था राज्यबाट हुनुपर्ने संगठनको माग छ।
नेपालका सबै राजनीतिक दलहरुले मजदुरहरुको एजेण्डा उठाएर नेतृत्वमा पुगे पनि आजमजदुरहरु भने जहाँकात्यहीँ रहेको उनीहरुको गुनासो छ । संगठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले भने, ‘आज मजदुरहरु सडकमै छौं। हामीलाई भर्याङ बनाउने काममात्रै भयो । तर, हाम्रा दुःख, पीडामा कसैले पनि मल्हम लगाउने काम गरेनन् ।’
आफुहरुको हकहितको न्यूनतम सुविधाको बारेमा समेत राजनीतिक पार्टी वा सरकार कसैले नहेरेको उनीहरुको दुःखेसो छ । विश्वकर्माले आफुहरुलाई राज्यले हेर्नुपर्ने बताए।
उनले कतिपय मजदुरहरु पर्यटन व्यवसाय सञ्चालन हुँदा कोठा भाडामा लिएर आफ्नो श्रीमती बालबच्चाको पालनपोषण गरिरहेका थिए । हालको बन्दाबन्दीको अवस्थाले घरधनीले घर भाडा तिर्न नसकी घरधनीले भाडा रकम नतिरे घर कोठा छोडिदेउ भनि यातना दिएको, श्रीमती बालबच्चालाई खाने, लगाउने र पढ्नसम्मको व्यवस्था मिलाउन नसकेकोले राज्यबाट निःशुल्क पठनपाठन, बन्दाबन्दी ९लकडाउन० को अवधिको भाडा छुट र श्रमिक मजदुरहरुले श्रम गरी खानपाउने व्यवस्था गर्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै संगठनका सचिव विकास थापा, अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघका सदस्य टिका परेल, रिक्सा चालकहरु सानु कान्छा तामाङ र विकास परियारले आ–आफ्नो भनाई राखेका थिए । उनीहरुले सरकारले यस्तो दुःखमा परेकाहरुलाई उचित राहत दिनुपर्ने आवाज उठाएका छन् ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter