लकडाउन मोटाएका ती लज्जास्पद शरीरहरु

17 दिन अगाडी

शत्रु गुञ्जा  
लकडाउन अर्थात घरमै बस्नु तर यस्को फाईदा त छिमेकिले उठाउदैछ कतिन्जेल सहने आफ्नै आमालाई छातिमाथि कुल्चिरहदा कसरी मृत्युसङ्ग डराउनु, कोरोनाको डर त छुट्टै छ ती माथि यहीँ महामारी बिच आफ्नो सिमाना मिच्ने लाई कसरी छाड्नु यो बिनासकारि रोग सङ्ग लड्दै गर्दा फेरि पनि लड्न बाध्य तुल्याउदैछ । 
भ्रष्टचार बिरुद्ध आवाज उठाउन नसक्ने अपाहिच हाम्रो नेता हरुको कुनै भर छैन कुन बेला हामी नेपाली बाट भारतिय हुन्छोै पत्तो छैन हसाउन माहिर मान्छेहरु राजनितिमा भएपछि उस्ले मात्र हसाउछँ देश कसरी बनाउने अनि कहिले बनाउने साथै कसरी बचाउने, 
दस साल जङ्गलमा बसेपछि त्यसलाई जङ्गलि बन्ने बानि परेको हुन्छ त्यहीँ भएर होला सायद आज राष्ट्रिय जङ्गल नै जस्तो भैसक्यो राष्ट्र धेरै नै ओरालो लागिसक्यो अचेत अवस्थामा पुगिसकेको छ अब हाम्रो देश ।
मासिदै मासिदै आएको देश अब पुरै मासिन बेर छैन नजिक छ त्यो दिन जुन दिन हाम्रो मातृभाषा हिन्दी हुनेछ । जहाँ हामी मोदि सरकार हाम्रो हो भनि भोट हाल्दै गरेको हुनेछोै, यहीँ कुरा बिच मलाई एउटा गित याद आईरहेछ 
नयाँ नेपाल आयो आयो ..... को आयो
राजा साजा हटाएर गोरुहरु ल्यायो 

हरेक सन्धीहरु यहाँ गोप्य छन् । आज सम्म कसैले सत्य के हो थाहा पाएका छैनन् आखामा छारो हाल्ने काम मात्र भएको छ, आज भन्दा बिगतका पाना पल्टाउने हो भने नेपालके थियो अनि कस्तो थियो नेपालको इतिहासलाई पल्टाउने हो भने आजको राजनितिलाई हामी सजिलै कुल्चिन सक्छोै आज मात्र देशलाई दमन गरिएको भेटिन्छ कुनै नयाँ कुराको शिलान्यास अर्थात सिर्जना गरिएको पाईदेैन कतै भेटिदैन पनि आजको राजनितिले हामिलाई मात्र धोका दिएको छ जब राजा बिरेन्द्र वीर बिक्रम शाहको र उनका परिवारको अन्त्य भयो त्यसपछि हामिले धेरै कुरा गुमाएको छोै मन्त्रीमण्डलको बैठकपछि जब नेपाल नेता र मन्त्रीको हातमा सत्ता थमाईयो त्यसपछि आजसम्म कुनै त्यस्ता नयाँ कार्यको निर्माण भएका छैनन् जहाँ हामी आम् नेपाली एक दिन हर्षित भयोै । 
 नेपालको ईतिहास केलाएर हेर्दा नेपालको भु–भाग दुई लाख चार हजार नोेै सय सत्र वर्ग कि.मि. थियो वि.सं. १८७२को सुगोैलि सन्धि पछि चालिस हजार एक सय एकासि वर्ग कि.मि. बनाए झन्डै एक तिहाई भु–भाग हरायो त्यसरि नै आज बिना सन्धि नै हाम्रो भु–भाग बेचिदैछन् बिना सन्धि हाम्रो सिमानामा किल्ला गाडिदैछन् रोक्ने कोहि सङ्ग पनि क्षमता छैन किनकि बुडो हड्डि त मक्किसके आज कसैको सहारामा हिड्नु परेको त्यो पाईलाहरु लिपुलेग सम्म पुग्नसक्ने कुनै दम छैन । हुन त हिजो प्रधानमन्त्रीले नया नेपालको नक्शा जारी गरेका छन् । तर त्यो कागजमा मात्र हो कि जाजय हो अब हेर्न बाँकी छ ।  
सिमानामा हरेक दिनको लडाई हुन्छ तर त्यसको कुनै छानबिन छैन तर रातो कार्पेट चाहिन्छ केही सेकेण्ड हिड्न पर्यो भने, देशको अङ्गरक्षक मानिने हाम्रा सेना र आर्मि मात्र ती नेताको जुत्ता बोक्न र उनिहरुको मात्रै रक्षा गर्न बर्षोै मेहेनत गरेका हुन्, लाग्छ हामी नेपाली हरेक दिन एउटै कुरामा अल्झिरहेको छोै तै बाटो तै स्कुल तै खोला र हाम्रो माटो नयाँ कुरा आयो नयाँ कुराको निर्माण भयो भनि हामिले कहिले भन्न पाउने बस् नयाँ चुट्किला आएछ मात्र भन्न पाएको छोै आज सम्म त । 
न म राजाबादि न नेताबादि म एक निडर देशभक्त अनि राष्ट्रिय प्रेमि हुँ म मेरो देशलाई निस्वार्थ भावनाले प्रेम गर्छु म मेरो माटो लाई आमा अनि मेरो सिमानालाई बुबाको रुपले हेर्दछु । तर जुन दिन जङ्गबहादुर र पृथ्वीनारायण शाह जस्ता महान योद्धाहरुको निधन भए तबबाट अनेकोै पार्टीको शासन सुरु हुन थाल्यो फेरि आज मेरो नजरमा ती महान योद्धा पृथ्वीनारायण शाहको रुपमा म रबि लामिछाने र बलभद्र जस्ता योद्धाको रुपमा धुर्मुस सुन्तलीलाई पाउछु जहाँ देशको लागि सोचिने गरिन्छ, बिश्वको एकदम शक्तिशालि देश मानिने देश अमेरिकाले त बिद्वान अनि युवा नेताको चयन गर्दछ भने हाम्रो देशमा उमेर पुगेका बुढापाकाले देश हाक्ने हैसियत कसरी राख्यो सायद हैसियत पनि होला तर कुर्सीको निमित्त यो उमेर मा पनि यसरी सारा नेपाली रुवाउन कुन हैसियत हो यो । राजिनामा दिएर घरमा आराम गर्ने उमेर मा चटकि देखाएर देश कसरी चल्छ ? दुनियाको नजरमा प्लास्टिक को फुललाई साचो भनि देखाउन सक्छोै तर आम् नेपाली लाई त झुक्याउन गार्हो छ तै पनि सफल भयोै तर कैयोै नेपाली को नजरमा गिरिसक्यौ । 
अब फेरि जङ्गबहादुर राणाले जस्तै कोत पर्व मनाउने बेला आएको छ देशमा । राजा बिनाको देश साच्चै नै बाबू नभएको छोरा जस्तै भैसक्यो मनोमानि चलेको छ जे गर्न मन लाग्यो त्यहीँ गरेका छन् गरिब र निमुखा जनता रातदिन भोक भोकै सुतेका छन् । नेपालको राष्ट्रिय झण्डा र नेपाली राष्ट्रिय गित मात्र गिताब मा सिमित बनेको छ राजनितिज्ञ हरुले आफै नियम बनाए र आफै तोड्ने काम गरेका छन् भ्रष्टचार बढेको बढ्यै छ, लुटपाट मच्चाएका छन् बलत्कारको घटना त हरेक दिनको समाचार बनिरहेक छ सिमाना हरदिन सारिदेैछन् छन् । नेताहरु कुम्भकर्ण झै निन्द्रा मै छन् ।
(लेखक हाल आबुदावीमा कार्यरत छन्)

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter