लडाउनको समयमा विकास निर्माणको गतिलाई तीव्रता दिनुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड

2 महिना अगाडी

काठमाडौ । लडाउनको समयमा विकास निर्माणको गतिलाई तीव्रता दिनुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । विकास आयोजना नरोक्ने पछिल्लो सरकारी निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । 
युवा व्यवसायी समाज नेपालका केन्द्रिय अध्यक्ष विश्वराम कवाँंले लकडाउनको नाममा सवै कामकुरा ठप्पै पारेर मात्रै बस्नु बुद्धिमानी हुन नसक्नेतर्फ ध्यान आकर्षित गराए । ‘लकडाउन भनेर सवैजना चुप लागेर वस्नु उपयुक्त होइन, समाजका अध्यक्ष कवाँंले थपे, ‘लक डाउन भनेर सवैजना चुपचाप लागेर वस्नुको सटा हुने जति काम गरेर अगाडि वढ्नुपरयो ।’
लकडाउनको अवधिमा घरेलु साना उद्योगहरु सञ्चालन गर्न दिनुपर्नेमा विशेष जोड उनले दिए । विशेष गरेर एउटा प्रदेशमा एउटा नमूनाको उद्योग खोल्नुपर्नेतर्फ उनले सरकारको ध्यानाकषर्ण गराए । ‘एउटा प्रदेशमा कमसेकम एउटा नमूना उद्योग सरकारको भइदिएको भए यसैको सिको गरेर सवैतिर राम्राराम्रा उद्योग कलकारखानाहरुलाई सञ्चालन गर्न निजी क्षेत्रलाई प्रेरणा मिल्थ्यो, उनले भने, ‘यसले एकातिर सरकारको नमूना काम देखिन्थ्यो भने अर्काेतर्फ निजी क्षेत्रलाई पनि यस्तै उद्योग व्यवसाय सञ्चालन गरेर देखाउन प्रेरणा मिल्थ्यो ।’
सरकारलकडाउन भनेर चुप लागेर वस्नु देशकै लागि प्रत्युत्पादन हुनसक्ने भन्दै उनले सात वटा प्रदेशमा सात वटा विशेष अस्पताल हुनुपर्ने ज्ञान पनि यो अहिलेको कोरोना भाइरस संक्रमणले देखाएको बताए । एउटा प्रदेशमा कमसेकम एउटा राम्रो सरकारी अस्पताल भइदिएको भए जनताको आधारभूत अधिकारको रुपमा रहेको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित हुने उनको धारणा छ । 
ल्कडाउनका कारण उद्योगी व्यवसायीहरु वैंकको व्याज तिर्न असक्षम हुँंदै गएको भन्दै उनले लकडाउन अवधिको वैंकको व्याज मिनाहा हुनुपर्ने माग उद्योगी व्यवसायीहरुको रहेको बताए । यसका लागि वैंकहरुलाई सरकारले सहयोग गर्नुपर्ने विचार उनको छ । वैंकहरु आफैंले वैंकको व्याज मिनाहा गर्न नसक्ने भएकाले यसको हर्जना सरकारले भरथेग गर्नुपर्ने उनको भनाई छ । 
सरकारमा वस्नेहरु दुरदर्शी नभएको भन्दै उनले लकडाउनपछिको उद्योग व्यवसाय फस्टाउन के गर्ने हो स्पष्ट नीति आवश्यक रहेको खाँंचो औंल्याए । लकडाउनको यो वीचमा भएको सवै कार्यहरु वन्द हुँंदा त्यसलाई पूर्ति गर्नसक्ने नयाँं नीति आवश्यक भएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए । 
सरकारको अकमण्यता कारण ठूल्ठूला सरकारी उद्योगहरु अहिले धरासायी छन् । भक्तपुरस्थित चाइनिज इटा कारखानालगायतका ठूल्ठूला उद्योगहरु सरकारी असक्षमताकै कारण वन्द छन् । 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter