लण्डन ब्रिजमा आतंककारी आक्रमण हुँदा २ को मृत्यु

15 दिन अगाडी

एजेन्सी । बेलायतको लण्डन ब्रिजमा भएको आतंकवादी आक्रमणमा दुईजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन् । लण्डन ब्रिजमा एक व्यक्तिले अन्धाधुन्ध रुपमा मानिसहरुमाथि चक्कु प्रहार गरेका हुन् ।
चक्कु आक्रमणबाट गम्भीर घाइते भएका तीनजना मध्ये दुईजनाको स्थानीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसी तथा सिएनएनसहितका सञ्चारमाध्यमले जनाएका छन् । अर्का एक घाइतेको उपचार भइरहेको छ । आक्रमणकारीको पनि मृत्यु भएको छ ।
आरोपित आक्रमणकारीको प्रहरीको गोली लागेर मृत्यु भएको हो । प्रहरीले आक्रमणकालाई आतंककारी घटना भनेको छ । आतंककारी गतिविधिमा संलग्न भएको अभियोगमा जेल सजाय काटेका व्यक्तिले लण्डन ब्रिजमा आक्रमण गरेका हुन् । आक्रमणकारी इजाजतमै जेल बाहिर रहेको जनाइएको छ । लण्डन ब्रिजको उत्तरी भागमा रहेको फिसमोन्गेर्स हलमा क्रिमिनल जस्टिस सम्बन्धी कार्यक्रम भइरहेका बेला आक्रमण भएको हो ।
कार्यक्रममा क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थी तथा पूर्व कैदीको सहभागिता थियो । यो घटना स्थानीय समय अनुसार शुक्रबार अपराहन्न भएको हो ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रहरीलाई अनुसन्धानमा सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् ।
आक्रमणमा ज्यान गुमाएका तथा घाइते भएकाहरुप्रति प्रधानमन्त्री जोन्सनले श्रद्धाञ्जली, समावेदना तथा शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter