लोकतन्त्र बद्नाम हुने काम कसैले गर्नु हुदैनः प्रम ओली

5 महिना अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई बद्नाम हुने काम कसैले गर्न नहुने बताउनुभएको छ ।
 राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
 प्रधानमन्त्री ओलीले वर्तमान सरकारले लोकतन्त्रको थिती बसाएर जनतामा लोकतन्त्रप्रतिको सम्मान जगाउनु पर्ने बताउनुभएको छ । “हामीले जनताका अधिकारको रक्षा गरेर लोकतन्त्रलाई सुदृढ बनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “निस्पक्षता, स्वच्छता र  पारदर्शीतालाई हाम्रो मुख्य लक्ष्य बनाउनु पर्दछ ।”
  प्रधानमन्त्री ओलीले सरकारलाई विभिन्न ठाउँबाट असहयोग भइरहेको बताउनुभएको छ । “सरकारलाई असहयोग गर्ने, सरकार बेठिक रहेछ भन्ने बनाउने र जनताका निराशा छर्ने काम भइरहेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राजनीतिक क्षेत्रमा त यस्तो हुन्छ तर सरकारी निकायबाट पनि यस्तो काम भएको जानकारी छ । ती कुराहरुमा सजग हुनु जरुरी छ ।”
  प्रधानमन्त्री ओलीले कसैले गल्ती ग¥यो भन्ने ठाउँ दिन नहुने बताउनुभएको छ । “सबै मन्त्रालयलहरुले आफ्नो मातहतको कामको निरन्तर अनुगमन गर्ने,प्रगति विवरण लिने र कार्ययोजना अनुसारको काम भएको नभएको तर्फ चनाखो हुन निर्देशन गर्दछु  ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कार्ययोजना अनुसार काम नभए त्यसको सत्यतथ्य पत्ता लगाएर आवश्यक कदम चाल्नु पर्दछ ।”
 प्रधानमन्त्री ओलीले संघीय व्यवस्था अनुसार शासन व्यवस्था सञ्चालन हुन सबै सरकारलाई बानी परीसकेकोले अब जनतालाई कामको परिणाम दिनु पर्ने बताउनुभएको छ । “संघीय व्यवस्था अनुसार स्थानीय सरकार बनेको दुईबर्ष भयो ,प्रदेश र संघीय सरकार बनेको पनि डेढ बर्ष भयो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ व्यवस्था अनुसार हामीले हाम्रा कानुनहरु निर्माण गरिसक्यौं । त्यसैले अब हामीले जनतालाई छिटो छरितो सेवा र विकासका काम गर्नु पर्दछ । ”
 नेपालमा अहिले विकासका लागि अनुकुल अवस्था सृजना भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौं  द्वन्द्वलाई शान्तीमा रुपान्तरण ग¥यौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीले सबै खाले प्रतिकुलतालाई परास्त गरेर सहज परिस्थिती बनाएका छौं । त्यसैले अब समृद्ध नेपाल,सुखी नेपालीको  राष्ट्रिय आकांक्षा पुरा गर्न सबै एकजुट भएर लाग्नु पर्दछ ।”

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter