लोप भइसकेको खेल डण्डिबियोको प्रशिक्षण

11 दिन अगाडी

भक्तपुर । पूर्व राष्ट्रिय खेलको मान्यता पाएको डण्डिबियो खेललाई ब्युँताउने उद्देश्यले भक्तपुरमा सो खेलको प्रशिक्षण भएको छ ।
परम्परादेखि खेलिँदै आएपछि पछिल्लो समयमा लोप हुने क्रममा रहेको उक्त खेलबारे नयाँ पुस्तालाई जानकारी दिन भक्तपुरको रोम्बस सेकेण्डरी स्कुलले विद्यार्थीलाई प्रशिक्षण दिएको हो ।
विद्यालयले विद्यालयका विद्यार्थीलाई परम्परागत खेलहरुबारे जानकारी दिएर सो खेलको महत्वबारे बुझाउन प्रशिक्षण दिइएको विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजूले जानकारी दिए । ‘ बाजे बराजुको पालादेखि खेलिँदै आएको यो खेलको महत्व छ, अहिलेका बालबालिकाहरु बाहिरी वातावरणमा नभई मोबाइलमै मात्र झुम्मिएका छन्, त्यसले उनीहरुलाई एकोहोरो बनाएको छ, त्यसलाई कम गर्न पनि यो खेलको प्रशिक्षण दिइएको हो ।’
प्रिन्सिपल कोजूका अनुसार प्रशिक्षणमा कक्षा ६ देखि माथिका छात्र तथा छात्राहरुको उपस्थिति रहेको थियो । उनले डण्डिबियो खेलकोबारेमा अहिलेका विद्यार्थीले थाहा पाएपछि निक्कै रमाएको बताए ।
विद्यार्थीहरुलाई राष्ट्रिय डण्डिबियो संघका केन्द्रीय अध्यक्ष मोतीराम फुयाँलले डण्डिबियो खेलको इतिहास, खेल विधि र नियमबारेमा जानकारी दिएका थिए । उनले डण्डिबियो खेल विभिन्न आधुनिक खेलको विकाससँगै ओझेलमा पर्दै गएकोमा चिन्ता जनाए ।
खेलले मनोरञ्जन, शारिरीक तन्दुरुस्ती प्रदान गर्नुका साथै अनुशासित बनाउने बताउँदै डण्डिबियोले विद्यार्थीको बौद्धिक क्षमताको विकासमा समेत टेवा पुग्ने बताए । उनले यही फागुन २९ गतेका दिन डण्डिबियोको राष्ट्रिय प्रतियोगिता हुन लागेको पनि जानकारी दिए ।

 


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter