4 महिना अगाडी

भुपेन्द्र वली
दाङ । खास्सै चहलपहल नहुने घोराही उपमहानगरपालिका ५ खैरा कचिला स्थित बबइ नदीको किनारमा सोमबार बिहान भने मान्छेहरुको घुँइचो देखिन्थयो । उपमहानगरपालिकाका जनप्रतिनिधि , जिल्लाका सुरक्षाकर्मी , लाहुरे बन्न तालिमरत युवाहरु लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको जमात नदी किनारमा थियो । बबई नदीको बगर क्षेत्रमा करिब एक हजारको हाराहारीमा मान्छेहरु थिए । ति मान्छेले बबई नदीले बनाएको बगरलाई वनमा रुपान्तरण गर्न सो क्षेत्रमा वृक्षारोपण गरेका छन । घोराही उपमहानगरपालिका र डिभिजन वन कार्यालय दाङको सहकार्यमा १५ बिघाहा क्षेत्रफलमा १५ हजार विभिन्न जातका बिरुवा रापिएको छ  । सम्भवतः नेपालमै पहिलोपटक एकै दिनमा एकै स्थानमा यति ठुलो मात्रामा वृक्षारोपण गरिएको हो । उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बहुआयामिक फाइदाका लागि वृक्षारोपण कार्यक्रमलाई अघि बढाइएको जानकारी दिए । ‘ यति ठुलो जनशक्ति परिचालन गरी १५ हजार बिरmवा रोप्ने काम सम्भवतः नेपालमै पहिलोपटक गरिएको छ । ’ चौधरीले भने ‘ यसले यो क्षेत्रको जलवायु अनुकुलन , पर्यटन प्रवद्र्धन र नदीको कटान रोकनेमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरेका छौं । ’ चौधरीले खेर गइरहेको बगरलाई उत्पादनमुलक बनाउनका लागि पनि यस किसमको अभियानको थालनी गरिएको र उपमहानगरपालिकाका अन्य नदी क्षेत्रमा पनि स्थानीय सँगको सहकार्यमा बृहत वृक्षारोपण कार्यक्रमलाई अघि बढाईने जानकारी दिए । सोमबार स्थानीय, जनप्रतिनिधि, द व्रेभ गोर्खा, द लोटस गोर्खा, र स्यालुट गोर्खाका खैरा कचिला सामुदायिक वन  क्षेत्रमा वृक्षारोपण गरेका हुन ।  
 साढे ८ लगानी
सो क्षेत्रमा वृक्षारोपणका लागि डिभिजन वन कार्यालय दाङले साढे ८ लाख रुपैया लगानी गरेको छ । कार्यालयका प्रमुख  दिपक ज्ञवालीले जिल्लाभरी ४० हेक्टर नदीले बगर बनाएको ४० हेक्टर जमिनमा यस किसमको बृहत वृक्षारोपण अभियानलाई अघि बढाइएको र घोराहीमा मात्र २९ हेकटरमा वृक्षारोपण गरिने जानकारी दिए । खयर, सिसौ जस्ता बहुआयामिक फाईदा हुने बिरुवा शुरुवाती चरणमा रोपिएको जानकारी दिँदै उनले स्थानीयले आर्थिक उपार्जन हुने खालका बिरुवा पनि रोप्न सक्ने बताए । ‘ नदी क्षेत्रमा रmख रोप्दा त्यसले बहुआयामिक फाइदा पुर्याउछ । यसका लागि स्थानीय नै सक्रिय हुन आवश्यक छ । ’ उनले भने ‘ स्थानीय संग सहकार्य गरी जिल्लाका अन्य क्षेत्रमा पनि यस्ता किसमका कार्यक्रम गरिनेछ । ’ घोराही उपमहानगरपालिकाका शाखा अधिकृत प्रेम केसीले कृत्रिम जलाशय र बृहत वृक्षारोपण कार्यले भविष्यमा खानेपानी, चरिचरन, तथा पर्यटकीय गतिविधि समेत आकर्षित गर्ने गरी उपमहानगरपालिकाले काम अघि बढाइरहेको बताए । 
संरक्षणको चिन्ता 
बृहत रुपमा वृक्षारोपण कार्यक्रम गरिएतापनि हाल ति रोपिएका बिरmवालाई संरक्षण गर्नेमा भने सरोकारवालको चिन्ता देखिन्छ । सोमबार खैरा कचिला क्षेत्रको बबई नदी किनारमा रोपिएको बिरुवालाई संरक्षणमा गर्ने भन्नेमा आफुहरु चिन्तित रहेको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले  बताए । हाललाई वृक्षारोपण गरिएको क्षेत्रमा वरिपरी तारजाली गरिए पनि त्यसबाट मात्र संरक्षण हुन नसक्ने उनले बताए  । ‘ उपमहानगरापालिकाले दिनदिनै गएर संरक्षण गर्न सक्ने अवस्था छैन । यसका लागि स्थानीयले नै पालो प्रणाली वा सामुदायिक परिचालन मार्फत बिरुवाको संरक्षण गर्न आवश्यक छ । ’ केसीले भने ‘ हाल रोपिएका बिरुवाले दिर्घकालिन रुपमा फाइदा पुर्याउछन । संरक्षण भएमा उपमहानगरापलिकाले आगामी दिनमा पनि सहयोग जारी राख्नेछ । ’  

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter