वर्ल्ड नेवाः अर्गनाइजेशनद्वारा सांसद श्रेष्ठ सम्मानित

2019-01-13

काठमाडौं । काठमाडौंको खसिबुँमा शनिबार हलिं नेवाः दबू (वल्र्ड नेवाः अर्गनाइजेशन), नेपाल च्याप्टरको दोस्रो महाधिवेशनको अवसरमा सङघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माननीय राजेन्द्र प्रसाद श्रेष्ठलाई उनले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ । 
हलिं नेवाः दबूको सदस्य समेत रहेका श्रेष्ठले मातृभाषामा शिक्षा, आवास सम्बन्धी हक लगायतका कानुन निर्माणमा उत्पीडितहरूको पक्षमा संशोधनसहित पारित गराउन महत्त्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।   
सङ्घीय गणतन्त्रमा समेत नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले नेपाली र अंग्रेजी भाषाबाट मात्रै शिक्षा दिने र संस्कृत शिक्षालाई अलग विधा हुने गरी विधेयक दर्ता गरेको भाषिक अधिकारवादीहरूको पक्षमा विधेयकमा संशोधन दर्ता गराउनुका साथै त्यसलाई पारित गराउन विशेष भुमिका खेलेका थिए । त्यसरी नै भविष्यमा मुआब्जा दिए हुने गरी सडक विस्तारको नाममा जनताकोे घरजग्गा लिनपाउने गरी आएको आवास सम्बन्धी विधेयकलाई श्रेष्ठले राज्यको अधिनायवादी सोच भन्दै त्यसमा पनि संशोधन दर्ता गराई पीडितको पक्षमा संशोधनसहित पारित गराएका थिए । 
उक्त कार्यक्रम शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि जोशीले नेवाः जातिको उत्थानका लागि मातृभाषामा शिक्षालाई जोड दिनुपर्ने बताउँदै विश्वमा फैलिरहेको नेवारहरूले भाषा संस्कृति जोगाउन महत्त्वपूर्ण योगदान गरेको बताए । 
अधिवेशनमा सांसद श्रेष्ठले वर्तमान नेकपाको नेतृत्वले सामन्ती राज्य विस्तारलाई पञ्चायती शैलीमै राष्ट्रिय एकता दिवस भन्दै हिंडेकोमा आलोचना गर्दै राष्ट्रिय एकीकरण भुमि जोडेर होइन भावना जोडेर मात्र हुने बताए । उनले करिव ५६५ वटा रजौटाहरू रहेको भारतको भूमि महात्मा गान्धी, नेहरु वा पटेलले जोडेको नभई ब्रिटिस साम्राज्यवादले जोडि दिए, के अव महारानी भिक्टोरिया एकीकरणका नायक भनि हिंड्ने भन्ने प्रश्न गर्दै देशको बास्तविक एकीकरण केन्द्रमा साझा शासन र प्रदेशहरूमा स्वशासन हुने गरी सङ्घीयता लागु भएपछि मात्र हुने बताए । उनले नेकपाको ओली नेतृत्व पुनर्उत्थानवादी भएको भन्दै उनीमा पञ्चायतको भूत सवार भएको बताए । 
दबूका कार्यवाहक अध्यक्ष शाक्य सुरनेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले हलिं नेवाः दबू र नेवाः देय् दबू एक आपसमा परिपुरक भएर काम गर्ने बताउँदै नयाँ नेतृत्वले नेवारहरूको हक, हीत र अधिकार प्राप्तिको आन्दोलनमा सक्रियताका साथ काम गर्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा दबूको नेपाल च्याप्टरका संस्थापक अध्यक्ष नरेन्द्रभक्त हाडा, नेवाः अगुवा डा। महेशमान श्रेष्ठ लगायतले पनि मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव रश्मिला प्रजापति र स्वागत उपाध्यक्ष गणेशराम लाछिले गरेका थिए । 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter