वलात्कारीलाई फासीको सजाय दिन सांसद् विश्वकर्माको माग

1 महिना अगाडी

काठमाडौ । प्रतिनिधिसभाकी नेकपा सांसद आशाकुमारी विश्वकर्माले वलात्कारीलाई फासीको सजाय दिनुपर्ने माग गरेकी छिन् ।
गृहमन्त्री रामबहादुर थापासँग आज सिंहदरवारमा भएको भेटमा सांसद् विश्वकर्माले गृहमन्त्रीसँग यस्तो माग राखेको बताइन् । उनले पछिल्लो समयमा वलात्कारपछि हत्या गर्ने क्रम बढेकाले कडा कानुनको खाँचो रहेकोमा जोड दिएकी थिइन् । ‘सामान्य सजायले पुग्दैन, अब वलात्कारीलाई फासीको सजाय दिनुपर्छ अनिमात्र यस्ता घटनामा रोकथाम हुन सक्छ’ उनले भनिन् ‘ एकपछि अर्को घटना बढ्दै गएका छन्, पीडकहरु विभिन्न कारणले उम्किँदैछन् त्यसैले पनि कडा कानुनी व्यवस्था हुनैपर्छ ।’ बझाङका सांसद् र पूर्व सांसदको टोलीसँग गृहमन्त्री थापाले यस विषयमा महान्यायाधिवक्तासँग छलफल गर्ने जानकारी दिएको उनले बताइन् ।
‘फासीको नै सजाय दिन मिल्छ कि मिल्दैन अहिले नै भन्न नसकिने तर छलफल चलाउने र दोषीलाई कडा कारवाही गर्ने आश्वासन गृहमन्त्रीले दिनुभयो ’ उनले भनिन् ‘ विशेष गरी बालबालिका वलात्कारपछि हत्या हुने क्रम बढेको छ, यो चानचुने विषय नभएकाले सरकारलाई पटकपटक घच्घच्याउनुपरेको छ ।’ केही दिनअघि बझाङको मष्टा गाउँपालिका २ मा १२ वर्षिया सम्झना कामीको वलात्कारपछि हत्या भएको घटनाबारे जानकारी गराउन र सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दैै एक टोली आज गृहमन्त्रीकामा पुगेको थियो । सम्झनाको वलात्कारपछि हत्या भएको थियो । उनको शरीरमा नीलडाम देखिएको भन्दै सांसद् विश्वकर्माले घटनाबारे गम्भीर छानविन गर्न र दोषीलाई कारवाही गर्न समेत माग गरेकी छिन् । सांसद् विश्वकर्माले प्रधानमन्त्रीलाई पनि भेट्ने तयारी भइरहेको जनाएकी छिन् ।
बझाङबाट नै प्रतिनिधित्व गरेकी उनले एक विज्ञप्ती प्रकाशित गरी तीन तहका सरकारले बालिकाको रक्षा गर्न पहल गर्नुपर्नेमा जोड दिएकी छिन् । वलात्कारपछि हत्या गर्नेको प्रहरीले पहिचान गरिसकेको छ । घरदेखि केही माथि सीम मन्दिरमा उनको शव फेला परेको थियो । हत्याराले यसअघि पनि अर्की बालिकालाई वलात्कार गरेको उजुरी प्रहरीकहाँ दर्ता भएको छ । हत्यारा १४ देखि १६ वर्षसम्मका रहेको प्रहरीले जनाएको छ । पछिल्ले समयमा यस प्रकारका घटना बढ्दै गएपछि सडक प्रदर्शन समेत हुन थालेको छ । सरकारलाई गम्भीर बन्न र पीडकलाई कारवाही गर्न भन्दै चर्को दबाब परेपनि सरकार भने जिम्मेवार बन्न सकिरहेको छैन ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter