विकास निर्माणका काम सुचारु गर्नु पर्नेमा जोड

2 महिना अगाडी

भक्तपुर । भक्तपुर जिल्लामा कोभिड १९ बाट बच्न उच्च सतर्कता अपनाउँदै केही प्राथमिकतामा रहेका  व्यवसाय तथा उच्च प्राथमिकता प्राप्त विकास निर्माणका काम सुचारु गर्नु पर्ने बारे छलफल सुरु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको एकिकृत छलफलमा सरोकारवालले यस बारे सुझाब दिएका हुन् ।
कार्यक्रममा संघीय सांसद महेश बस्नेतले खाद्यन्न आपुर्ति ,कृषिको काम र बिकासका सन्दर्भमा आसपासका जिल्लामा समेत समन्वय गरेर सहजीकरण गनुपर्ने बताउनुभयो ।त्यसका लागि सहजीकरण गर्न सरोकारवाला सहितकोे समिति बनाउनु पर्ने बतउँदै पुर्व उद्योग मन्त्री समेत रहेका बस्नेतले यदि खाद्य,कृषि र प्राथकिमता प्राप्त उद्योग ब्यबसायको  काम लामो समय अबरुद्ध भए देश थेग्नै नसक्ने आर्थिक मन्दिमा पर्ने तर्फ सचेत गराउनुभयो ।
कर्यक्रममा बागमति प्रदेशका सांसद शशिजंग थापाले उत्पादनमा जोड दिनुपर्ने बताउँदै कसैलाई जमिन बाँझो राख्न दिन नहुने र कृषकलाई बिउ मल उपलब्ध गराउनका लागि बजेट छुट्टयाउनुपर्ने बताउनुभयो ।प्रदेश सांसद डा.राजेन्द्रमा श्रेष्ठले कोभिड १९ बाट बच्न उच्च सतर्कता अपनाएर केही व्यावसाय तथा विकास निर्माणका काम सुचारु गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सांसद कृष्ण्लाल भँडेल र रजनी जोन्छेले  कतिपय ठाउँमा राहत बितरण र मल बिउ बितरणमा भेदभाव गरिएको गुनासो गर्नुभयो ।प्रदेश सांसद सरस्वती बाटीले अब आत्म निर्भर आर्थिक प्रणालीमा जोड दिनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुर आसपासका जिल्ला काठमाडौं,ललितपुर,काभ्रेपलान्चोक र धादिङसँग समन्वय गर्दै कृषि सामग्री केन्द्र मार्फत कृषकका लागि मल बिउको सहजीकरणका लागि पहल गर्नुपर्ने बताउनुभयो ।उहाँले जिल्लामा कोभिड १९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउन,आपुर्ति सहज गर्न ,अभाव र कालोबजारी नियन्त्रण गर्न र बिकास निर्माणमा सहजीकरण गर्न बैठक राखिएको बताउनुभयो ।
मध्यपुर थिमिका नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले लकडाउनलाई अझै ब्यबस्थित गर्नुपर्नेमा जोड दिंदै बिकासका नाममा उपत्यका बाहिर गएकालाई तत्काल भित्र आउन दिन नहुने बताउनुभयो ।
सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले सुर्यबिनायक नगरपालिकाले जमिन बाँझो राख्न नपाईने नीति अघि सारीसकेको बताउँदै सुर्यबिनायक नगरपालिकाले नगरपालिका अन्तर्गतका ९५ प्रतिशत बिकासका काम सम्पन्न गरिसकेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले खाद्यान्न तथा मलबिउको अभाव र महँगी हुन नदिन बिशेष पहलकदमी आवश्यक रहेको बताँउदै कमलबिनायक नगरकोट सडकको काम सुचारु गर्न जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कतिपय आरोह अबरोह र जनआक्रोशका बीच कोरोना भाईरस नियन्त्रण र लकडाउनलाई सबैको सहयोगमा प्रभावकारी रुपमा जिल्लामा कार्यान्वय गरिएको बताउनुभयो ।अन्य जिल्लासँग समन्वय र सरकारले दिएको निर्देशनको पालना गर्दै आएका सुझाबलाई कार्यान्वयन गर्न आफु निरन्तर सकृय रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमले डिआईएफडीको रु एक करोड सहयोगमा अस्पतालले दश दिनमा कोभिड १९ उपचारको लागि छुट्टै ब्लक निर्माण गर्ने गरी काम गरिरहेको बताउनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुर जिल्लामा अहिलेसम्म कोरोना भाईरस संक्रमित नभेटिएको बताउँदै यसको नियन्त्रणका लागि जिल्लाका बिभिन्न अस्पतालले गरेको तयारी बारे बताउनुभयो ।
रेडक्रसका जिल्ला सभापति मनोज थापाले रेडक्रसले ६ महिनाको लागि बिपद् प्रतिकार्य योजना बनाईरहेको बताउँदै रगतको अभाव हुन नदिन घरदैलोमा गएर संकलन अभियान चलाईएको जानकारी दिनुभयो ।
कार्यक्रममा निर्माण ब्यबसायी संघका अध्यक्ष राजकुमार बस्ताकोटी,गैरसरकारी संस्था महासंघका सोम शर्मा बजगाईं, उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ,पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी ,जिल्ला समन्वय अधिकारी रघुनाथ लामिछाने लगायतले आआफ्नो बिचार राख्नुभएको थियो ।
जिससको आयोजनामा भएको एकीकृत बैठकमा बीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, शसस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराई ,राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोईराला, नेकपाका अध्यक्ष बचन देउजा लगायतको सहभागिता रहे पनि संघीय सांसद पे्रम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको भने सहभागिता थिएन ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter