विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

2018-05-14

 काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘इच्छुक स्मृति पुरस्कार– २०७५’ यस वर्ष कविहरू विनोदविक्रम केसी र मोदनाथ मरहट्टालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले प्रगतिवादी साहित्य र कला क्षेत्रका प्रतिभालाई पुरस्कृत गर्दै आइरहेको छ ।
काठमाडौँ, चाल्नाखेल निवासी कवि विनोदविक्रम केसी अन्नपूर्ण ‘सम्पूर्ण’ साप्ताहिकका कार्यकारी सम्पादक हुन् । केसीको यसअघि ‘भोकको क्षेत्रफल’ कवितासंग्रह प्रकाशित छ । उनी कथा, निबन्ध, व्यङ्ग्य–लेखन र अनुवादमा पनि उत्तिकै सक्रिय छन् । अर्का कवि मरहट्टा चितवनमा बसेर कविता लेखनमा सक्रिय छन् । उनका ‘पाइलाहरु शिखरतिर उकासिँदै गर्दा’ (२०५५) र ‘उज्यालो जन्मनुअघि’ (२०६२) कविता कृति प्रकाशित छन्।
त्यसैगरी साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ कवि शोभा दुलाललाई दिइने भएको छ भने कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार’ कालिकोट निवासी फूलमायाँ दर्जी ९प्रगति हिङमाङ०लाई दिइने भएको छ ।
 ‘इच्छुक स्मृति पुरस्कार’को राशी रु। एक लाख भने प्रतिभा पुरस्कार जनही पच्चिस हजार छ । आउँदो जेठ १३ गते इच्छुक स्मृति दिवसका अवसरमा पुरस्कार वितरण गरिने आयोजक इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव हिरामणि दुखीले बताएका छन् 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter