विपीले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्छ – लक्ष्मण शाही

17 दिन अगाडी

काठमाडौं । नेपाली कांग्रेस जुम्लाका भ्रातृ संगठन विभाग प्रमुख लक्ष्मण शाहीले कांग्रेसका विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्ने बताएका छन् । पार्टीका युवा नेता उनले विपीले कांग्रेसमा त्याग, तपस्या र उदारताको पाठ सिकाएकाले त्यसलाई सबैले मार्गदर्शनका रुपमा लिनुपर्ने उनको भनाई छ ।
विपीको १ सय ७ औं जन्मजयन्तीको अवसरमा उनले भने ‘नेपाली कांग्रेसप्रति जनताको झुकाव अझै पनि छ, कांग्रेस बलियो भएको हेर्न चाहने नागरिकको ईच्छालाई नेतृत्वले ख्याल गर्नुपर्छ ।’ यो अवसरमा पार्टीले ३ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ । २०१५ सालमा प्रथमपटक जननिर्वाचित प्रधानमन्त्री भएका उनले छोटो समयमा पनि देश र जनताको पक्षमा राम्रो काम गरेको उदाहरणीय बनेको उनको भनाई छ । तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि विपीको सरकार २०१७ पौष १ गते ढलेको थियो । विपीले पटकपटक गरी १२ वर्ष जेल जीवन बिताएका थिए । भारतको बनारसमा १९७१ साल भदौ २४ गते जन्मिएका उनले २०३३ सालमा नेपाल फकिँदा लिएको राष्ट्रिय मेलमिलापको नीति अझै पनि सान्दर्भिक रहेको छ ।
नेता शाहीले नेपाली कांग्रेसले यो बेला जनताका हरेक विषयमा आवाज उठाउनुपर्ने उनको सुझाव छ । भारतको स्वतन्त्रता आन्दोलनको लागि पनि सक्रिय रहेका उनले १ सय ४ वर्षे जहानिँया राणा शासन ढाल्न पनि विशेष भूमिका निर्वाह गरेका थिए । शाहीले कांग्रेसका संस्थापक नेताहरुले पार्टीमा ठूलो योगदान गरेकाले त्यसलाई भुल्न नहुने पनि बताए । ‘विपीले आफ्नो जीवनमा कहिल्यै पनि स्वार्थको राजनीति गरेनन्, जीवनको अन्तिम क्षणसम्म देशको लागि समर्पित भएर काम गरेको इतिहास छ ’ उनले भने ‘ कांग्रेसको अहिलेको नेतृत्वले पनि विपीको बाटो पछ्याउनुपर्छ र राम्रो कामको अनुशरण गर्नुपर्छ, केवल नाममात्र लिएर उनको वास्तविक सम्मान हुँदैन ।’


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter