विभिन्न विधामा तीन पत्रकार सम्मानित

11 महिना अगाडी

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित एवं स्थापित विभिन्न तीन विधाका पत्रकारिता पुरस्कारबाट तीन पत्रकारलाई सम्मान गरिएको छ । पोखरा पत्रकारिता पुरस्कार, २०७५ बाट श्यामनाथ कुँवरलाई सम्मान गरिएको छ । उहाँलाई रु ३५ हजार एक नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।
त्यसैगरी गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७५ बाट पत्रकार त्रिभुवन पौडेल सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि रु २५ हजार एकसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
त्यस्तै जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार, २०७५ पत्रकार गीता रानालाई अर्पण गरिएको छ । सो पुरस्कारको राशि रु ११ हजार १११ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाको सभाहलमा बिहीबार आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले तीनै जना पत्रकारालाई पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा उहाँले पत्रकारिता क्षेत्रको विकासमा पुरस्कार र सम्मानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मुलुकमा विधि, नीति र कानूनको कार्यान्वयन गराउने क्षमता पत्रकारसँग रहेको उल्लेख गर्नुभयो । सत्य, तथ्य र मर्यादित एवं व्यावसायिक पत्रकारिताको माध्यमबाट पत्रकारले इज्जत आपैmँले आर्जन गर्नुपर्दछ भन्दै उहाँले संविधानले प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए पत्रकारले वैकल्पिक पेशातर्पm लाग्नुको विकल्प नरहेको बताउनुभयो ।
पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारका संस्थापक सरस्वती भण्डारी, शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष विष्णु बराल, अग्रज पत्रकार बद्रीविनोद प्रतीक र कुसुम केशव पराजुलीलगायतले पत्रकारिता पुरस्कारलाई व्यवस्थित गर्न निर्देशिका बनाएर वितरण गर्दै आएको जानकारी दिनुभयो ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter