विवाह फोटो अवार्ड, सानुकाजी महर्जनको फोटो पहिलो

2018-09-19

काठमाडौं, असोज ३ गते । काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न केपीए निकोन वेडिंग फोटो अवार्ड २०१८ मा सानुकाजी महर्जनले खिचेको विवाहको फोटो पहिलो भएको छ । प्रतिस्पर्धामा रामजी नेपालले खिचेको फोटो दोश्रो र हरिश खड्गील खिचेको फोटो तेश्रो भए । साथै अभिषेक महर्जनले खिचेको फोटो चौथौं र कुमार गुरुगले खिचेको फोटो पाँंचौ भए । 
संघको आयोजनामा राजधानीमा भएको पुरस्कार वितरण समारोहमा सवैजना उत्कृष्ट फोटोग्राफरहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । प्रतियोगितामा सहभागी एक हजार पाँंच सय फोटोहरुमध्ये उत्कृष्ट एक सय फोटोग्राफरहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । वरिष्ठ फोटोग्राफर बखतबहादुर चित्रकारले सर्वाेत्कृष्ट फोटोग्राफरहरुलाई पुरस्कार प्रदान गरेका थिए । 
उत्कृष्ट तीन विजेताहरुलाई अवार्ड तथा निकोन ब्राण्डका डीएसएलआर क्यामेराहरु प्रदान गरिएको थियो । अन्य उत्कृष्ट २० प्रतियोगीहरुलाई विविध पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट सय जनालाई भने प्रमाणपत्र वितरण गरिएको थियो । 
कार्यक्रममा आयोजक संघका अध्यक्ष भवदेव थापामगरले फोटोग्राफरहरुलाई दक्ष एवं अव्वल प्रतिस्पर्धी बनाउने उद्देश्यले प्रत्येक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको जनाए । यस क्रममा यो छैटौ वर्ष रहेको उनले जनाए । 
प्रतियोगिताका लागि साउनदेखि नै फोटो समावेश गराउने समय खुला गरिएको थियो । इच्छुक फोटोग्राफरहरुले एकजनाले वढीमा दुई वटासम्म फोटोग्राफ समावेश गराएका थिए । फोटो समावेश गराउने अवधि भाद्र २३ गतेसम्म निर्धारण गरिएको थियो ।
प्रतियोगितामा नेपालका सवै स्थानका फोटोग्राफरहरु समावेश भएका थिए । यसका लागि विवाह समारोहमा खिचेका फोटोहरु पठाउनुपर्ने नियम बनाइएको थियो ।  
कार्यक्रम संयोजक जीवनाथ काफ्लेले दुई तिहाई फोटो विदाईका रहेको जनाए । गत वर्षमा एक हजार दुई सय फोटोग्राफरहरु सहभागी रहेको जनाइएको छ । कार्यक्रमको मुख्य प्रायोजक निकोन थियो । 
 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter