वृद्ध भत्ता बढेपछि ज्येष्ठ नागरिकमा खुशीयाली

2019-06-01

– सुशीला रेग्मी
बेझाड । सरकारले ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता बढाएपछि यस क्षेत्रका ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । आर्थिक वर्ष २०७६÷०७७ को बजेटमार्फत ज्येष्ठ नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका नागरिकलाई मध्यनजर गर्दै भत्ता वृद्धि गरेपछि उनीहरुमा उत्साह छाएको हो ।
 यसभन्दा अगाडि बुझ्दै आएको रकममा उनीहरुको रु एक हजार भत्ता वृद्धि भएको छ । सरकारले भत्ता वृद्धि गरेको सुनेपछि पाल्पा रामपुर नगरपालिका वडा नं ५ बस्ने ९८ वर्षीय नरहरि उपाध्यायले खुशी व्यक्त गर्नुभयो । 
 उहाँले दुई हजार भत्ता बुझ्ने गरेकोमा अब एक हजार थप भई तीन हजार बुझ्न पाइने भएपछि खुशी लागेको बताउनुभयो । “हामी जस्ता काम गर्न नसक्ने अशक्त ज्येष्ठ नागरिकलाई सरकारले हेरेर भत्ता बढाएको छ, अरुसँग माग्न परेको छैन, असाध्यै खुशी लागेको छ”, उहाँले भन्नुभयो ।
 उहाँकी श्रीमती ८८ वर्षीय हरिकला उपाध्यायले पनि ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनुभएको छ । “श्रीमान् श्रीमतीले मासिक दुई÷दुई हजारका दरले चार हजार भत्ता पाइरहेका थियौँ, अहिले एक हजार बढेको छ रे, अब तीन÷तीन हजार गरेर छ हजार घरमै बसी बसी आउनेभो, बुढेसकालको दैनिकी चलाउन सजिलो हुने भो”, उपाध्यायले भन्नुभयो ।
 भत्ता बुझेको रकमबाट घर खर्च चलाउन सजिलो परेको छ । सरकारले भत्ता दिन थालेपछि छोरा बुहारीसँग दुई चार पैसाका लागि हात फैलाउन नपरेको उहाँले सुनाउनुभयो । उहाँहरु जस्ता धेरै ज्येष्ठ नागरिकमा अहिले भत्ता वृद्धि भएसँगै उमङ्ग छाएको छ । धेरैले यही सामाजिक सुरक्षा भत्तामार्फत साझ बिहानको जोहो गर्दै आइरहेका छन् । गरीब, असहाय, दलित ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताले जीवनयापन गर्न ठूलो सहयोग पुगेको उनीहरुको अनुभव छ । 
श्रीमान्को मृत्युपछि एकल जीवन बिताउनुभएकी रामपुर नगरपालिका ५ बस्ने ५८ वर्षीय टिकाकुमारी दर्जीले भत्ता बढेपछि खुशी व्यक्त गर्नुभयो । “एकल महिला भत्ताबापत मासिक एक हजार बुझेकोमा हजार बढेर दुई हजार भयो भन्ने सुनेको छु, भत्ता बुझेर नुन, तेल घरायसी सामान्य खर्च चलाउँदै आएको छु”, दर्जीले भन्नुभयो । उहाँले भत्ता बुझ्न थालेको तीन वर्ष भयो । भत्ता बुझ्न थालेपछि अरुसङ्ग दुई चार पैसाका लागि हात फैलाउनु नपरेको उहाँको भनाइ थियो ।
 सरकारले गएको जेठ १५ गते आव २०७६÷७७ को बजेटमार्फत वृद्धभत्ता तीन हजार र एकल महिलाको मासिक रु दुई हजार पु¥याएको छ । यसअघि वृद्धभत्ता मासिक दुई हजार र एकल महिलालाई एक हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो । त्यस्तै अशक्त, अपाङ्गता भएका, एकल महिला, लोपोन्मुख आदिवासी र जनजाति समेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता पनि एक हजार बढाइएको छ ।
यस्तै ६० वर्ष उमेर पुगेका दलित, कर्णालीका ज्येष्ठ नागरिक एवं पूर्ण तथा आंशिक अपाङ्गता भएका नागरिक उक्त सामाजिक सुरक्षा भत्तामा समेटिने छन् । यसबाट करीब १३ लाख ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।
  त्यस्तै अति अशक्त, अपाङ्ता भएका, एकल महिला, लोपोन्मुख आदिवासी जनजाति समेतलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तामा मासिक रु एक हजार वृद्धि गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रमका लागि कूल रु ६४ अर्ब ५० करोड विनियोजन गरिएको छ । यसबाट राज्यको संरक्षण आवश्यक पर्ने करीब नौ लाख व्यक्तिको जीवनयापनमा सहजता आउने अपेक्षा गरिएको छ ।
सरकारले गरीबीको रेखामुनि रहेका परिवार र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई अघि बढाएको छ । सत्तरी वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकको एक लाखसम्म बीमा रकमको स्वास्थ्य बीमा शुल्क सरकारले ब्यहोर्ने व्यवस्थालाई निरन्तरता दिएर स्वास्थ्य बीमा सेवाको दायरा बढाउन अन्य परिवारमा पनि बीमा रकम दोब्बर गरी एक लाख पु¥याउने भएको छ । रासस


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter