शताब्दी पुरुष जोशीलाई सम्मान

2019-05-04

काठमाडौं । सभामुख कृष्णबहादुर महराले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्नुभएको छ । नेपाल ललितकला पत्रकार समाजले आज (शनिबार) नेपाल कला परिषद् काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा सभामुख महराले जोशीलाई सम्मान गर्नुभएको हो ।
आयोजक ललितकला पत्रकार समाजले पत्रकारितामार्फत् कलासंस्कृति र इतिहासको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै जोशीलाई ताम्रपत्रसहित सोफाज पत्रकारिता सम्मान गरेको थियो । 
सो अवसरमा सभामुख महराले शताब्दी पुरुष जोशीले कला, संस्कृति र साहित्यका क्षेत्रमा गरेको योगदान, अध्ययन, अनुसन्धानको प्रशंसा गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले कला, संस्कृतिमा आफ्नो समयको इतिहास प्रतिबिम्बित हुने बताउनुभयो । 
संविधानमा नेपाललाई बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक र बहुजातीय भनेर परिभाषित गरेको चर्चा गर्नुहुँदै सभामुख महराले भन्नुभयो, ‘संविधानमा उल्लेख गरिएको नेपालको सबै विशेषता कलासंस्कृतिमा अभिव्यक्त हुन्छ । जातजाति, भाषा, संस्कृति र धर्मको समुच्च रुप कला हो ।’
पत्रकारिताका विविध आयाममध्ये कला–संस्कृतिसम्बन्धी रिपोर्टिङ निकै कठिन र संवेदनशील रहेको बताउनुभयो । नेपाल कला, संस्कृति र परम्पराका हिसाबले निकै धनी भएको भन्दै सभामुख महराले कला–संस्कृति बिटको पत्रकारितामार्फत् राज्यलाई आकर्षित गर्न जरुरी रहेकोमा जोड दिनुभयो । 
देशका कुना काप्चामा रहेका कला संस्कृति र प्रतिभाहरु अहिले पनि ओझेलमा परिरहेको चर्चा गर्दै सभामुख महराले सबैलाई समेट्ने उद्देश्यले नै देशमा संघीय प्रणाली अपनाइएको बताउनुभयो । 
‘संघीयताको अर्थ देश विभाजन गर्ने भनेको होइन, यो त व्यक्ति र समुदायमा अन्तरनिहित शक्ति, सीप कला संस्कृतिलाई उजागर र सम्बोधन गर्ने भनेको हो, उहाँले भन्नुभयो, ‘पूर्वदेखि पश्चिमसम्मका देशका कुनाकाप्चामा रहेका कला–संस्कृतिलाई राज्यले फराकिलो भएर समेट्नुपर्छ भन्ने सुझावमा तपाईंहरुको योगदान होस् ।’
जोशीसँगै संस्थाले नारायणबहादुर सिंह ललितकला पत्रकारिता पुरस्कारबाट सविना श्रेष्ठ (सेतोपाटी) र पर्वत पोर्तेल (कान्तिपुर) तथा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कारबाट रवि मानन्धर (रेडियो सगरमाथा) लाई पुरस्कृत गरेको हो ।
कार्यक्रममा सम्मानित व्यक्ति शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पुरस्कार छनौट समितिका संयोजक अग्रज पत्रकार श्याम रिमाललगायतले बोल्नुभएको थियो ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter