शहरिया महिला नै बेचिन्छन् प्रलोभनमा परेर

2018-07-31

–नारायण अधिकारी ।
चितवन, साउन १५ गते । दूर्गम र पहाडी क्षेत्रका निरक्षर मात्र होइन, शहरका शिक्षित महिलाहरु पनि मानव बेचबिखनमा पर्ने गरेका छन् ।
वैदेशिक रोजगारीका नाममा जागिर खाँदै गरेका र शिक्षित महिलाहरुसमेत बेचबिखनमा परेका हुन् ।
महिलाहरुको पुनःस्थापनामा क्रियाशील आदर्श नारी गृहकी सलाहकार मीना खरेलका अनुसार एउटा बैंकमा तल्लो तहमा काम गर्दै गरेकी एक महिलालाई उद्धार गरिएको छ । प्रवेशिका परीक्षा उत्तीर्ण गरेर पढ्दै गरेका पनि मानव बेचबिखनमा पर्ने गरेका छन् । गृहले गत आर्थिक वर्षमा २२ जनाको उद्धार गरेको छ । जसमध्ये ११ जना चितवनका छन् ।
उनीहरु भरतपुर महानगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाका हुन् । बैदेशिक रोजगारीका नाममा अधिकांशलाई फकाइफुलाई लैजाने गरेको पाइएको छ ।
सिलाइकटाइ, व्युटिपार्लर, गार्मेन्टलगायतमा रोजगारी लगाइदिने भन्दै बेचबिखनका लागि लैजाने क्रम बढेको पाइएको छ । सलाहकार खरेल भन्नुहुन्छ “केहि काम नगरी बसेका र सामान्य काम गरेकाहरुलाई काम सिक्दैमा रु २० हजार, त्यसपछि अरू धेरै तलब पाउने प्रलोभनमा पारिन्छ ।”
भारतबाट युरोपसम्म जान पाउने, पासपोर्ट र नागरिकतासमेत दलालले नै बनाई दिने आश्वासन उनीहरुलाई दिने गरेका छन् ।
गृहले दिल्लीको कोठीबाटै बेचिएका महिलाहरुको पनि उद्धार गरेको छ । उद्धार गरिएकाहरु दलित, जनजाति समुदायका बढी रहेका छन् । खुल्ला नाका भएकाले सहजै भारतीय बजारहरुमा यौन धन्दाका लागि यहाँका महिलाहरु बढी बेचिने गरेका देखिएका छन् । यससँगै अंग प्रत्यारोपण, सर्कस, डान्सबार, घरेलु कामदार, बन्धक बनाएर यौन शोषण, दासका रुपमा राख्न पनि महिलाहरु बिक्री हुने गरेको बताएका छन् ।
मानव बेचबिखनमा परेका महिलाहरुको उद्धारमा क्रियाशील संस्था किङ्गडम इन्भेष्टमेन्ट ९केआई० नेपालले गत आर्थिक वर्षमा उद्धार गरेकामध्ये नौ जना चितवनका छन् ।
जिल्ला संयोजक केमिका घिमिरेका अनुसार उनीहरुलाई वीरगञ्ज, सुनौली र भारतबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा पनि भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकाका छन् ।
यो संस्थाले पनि भारतका कोठीहरुबाट समेत बेचबिखनमा परेकाहरुलाई उद्धार गरेको जनाएको छ । बेचबिखनमा परेकाहरु धेरै पैसा कमाउने प्रलोभनमा फस्ने गरेको घिमिरेले बताउनुभयो । धेरै कमाउने, मिठो खाने र घुम्ने प्रलोभनमा युवती र महिलाहरु बेचबिखनमा पर्ने गरेको पाइन्छ ।
माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरी जनवरी यता उद्धार गरिएका नौ जनामध्ये पाँच जना चितवनका रहेका बताउनुहुन्छ । उनीहरुलाई ठोरी नाका, महेन्द्रनगर र भैरहवाबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा भरतपुर महानगरको जगतपुर, ईच्छाकामना गाउँपालिकाको दारेचोक र कालिका नगरपालिकाको पदमपुरका छन् ।
वैदेशिक रोजगारीमा जाने नाममा उनीहरु बेचबिखनमा परेका हुन् । दलालहरुले विभिन्न प्रलोभनमा सहजै फकाउन सक्ने भएपछि महानगर र नगर क्षेत्रका शिक्षित महिलाहरुसमेत फस्ने गरेको गिरीको तर्क छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७४÷७५ मा १० वटा मानब बेचबिखनका मुद्दा दर्ता भएका छन् । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले १२ जनालाई पक्राउ गरी मानब बेचबिखनको मुद्दा दर्ता गरिएको बताउनुभयो । ती मुद्दामा १३ जना फरार छन् ।
आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लामा मानन बेचबिखनका नौ वटा मुद्दा दर्ता भएका थिए । जसमा सात जनालाई पक्राउ गरी कारवाही गरिएको थियो भने पाँच जना फरार छन् । सोही समयमा आठ जना महिलाको बिभिन्न नाकाबाट उद्धार गरिएको थियो ।
युरोपियन देशहरुमा रोजगारी लगाइदिन्छु, परिवारलाई तत्काल राहत दिलाइदिने, विवाह गरेको नाटक गर्ने र नाता गाँसेर नाका पार गराउने काम बढी हुने गरेको पाइन्छ ।
चितवन हुँदै ठोरी, वीरगञ्ज, सुनौली, कृष्णनगर, काँकडभिट्टा, विराटनगर, नेपालगञ्जलगायतका नाकाबाट भारत लगिने गरेको छ । अन्य जिल्लाबाट चितवनको बाटो प्रयोग गरेर बेचबिखनका लागि लैजाने गरेको पाइन्छ ।
भारतसँग खुल्ला सीमा भएकाले सहजै आवतजावत गर्न सकिने हुँदा दलालहरुलाई महिला बेचबिखन गर्न सहज भएको छ । –रासस


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter