शिक्षा प्राप्त गर्न विदेश जानुपर्ने बाध्यता हटाउनु पर्दछः प्रम ओली

2019-05-23

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा प्राप्त गर्न विदेश जानु पर्ने बाध्यता हटाउनु पर्ने बताउनुभएको छ ।
कान्तिपुर हिसान एडु फेयरको बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ज्ञानको विरुवा टुसाएको नेपालबाट शिक्षा आर्जनका लागि विदेश जानुपर्ने कुरा सुहाउदो नभएको बताउनुभएको छ । 
“देशलाई चाहिने शिक्षा यहीँ पाउनु पर्दछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो–“कुनै विशिष्ट प्रकारको प्राविधिक शिक्षा लिन विदेश जाने कुरा बेग्लै हा,े तर सामान्य बिषय अध्ययनका लागि विदेश जाने चलन हटाउनु पर्दछ । त्यसैले हामीले विदेशमा जतिकै गुणस्तर दिन सक्ने शैक्षिक संस्था नेपालमै खोल्नु पर्दछ ।”
सरकार निजी शिक्षाको विपक्षमा नभएको तर सामुदायिक शिक्षाको गुणस्तर उकास्न क्रियाशिल रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “निजी शैक्षिक संस्थालाई हामी जबरजस्ती बन्द गर्न भन्दैनौ तर सामुदायिकको गुणस्तर उकासेर निजीमा जानै नपर्ने स्थितीको सृजना गर्दछौं ।”
प्रधानमन्त्री ओलीले शिक्षा,स्वास्थ्य,विकास जस्ता क्षेत्रमा सरकारर निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । “शिक्षा,स्वास्थ्य,विकास जस्ता क्षेत्रमा लगानी गर्नुहोस्, सरकार तपाईंहरुलाई प्रोत्साहित गर्दछ । त्यती मात्र होइन तपाइृंहरुको लगानीको सुरक्षा र संरक्षण पनि गर्दछ” प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले शिक्षा प्रतिष्पर्धी,रोजगारमुलक र राष्ट्रिय भावना जगाउन सक्ने हुनु पर्ने बताउनुभएको छ । “हामीले कुनै बिषयका पिएचडी उत्पादन गरेर मात्र हुँदैन । उनीहरुलाई देशभक्त र निष्ठावान नागरिक हुने शिक्षा पनि दिनु पर्दछ ।”

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter