शुक्रबारदेखि दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता

25 दिन अगाडी

साँखु,। तोयाकान नेपाल बादोरियो कराँते डो सङ्घ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि शुरु हुने भएको छ । 
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ समितिले जेठ १० र ११ गते काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ स्थित गोकर्णेश्वर बैङ्क्वेटको हलमा कार्याक्रम आयोजना गरेको समितिले जानकारी दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ४०० खेलाडी र ४० अफिसियल सदस्यले सहभागिता जनाउने तोयाकन नेपाल बादोरियो कराँते डो सङ्घका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अजयभक्त श्रेष्ठले जानकारी दिनुभयो । 
खेल संस्कृतिको विकास गर्दै खेलकूदको माध्यमबाट नेपाललाई  राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनुका साथै प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको सङ्घका महासचिव अरुणकुमार कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकूद मात्र नभएर सोही प्रतियोगिताको अवसरमा हामीले बृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छौँ । कार्यक्रममा सहभागी भएर इच्छुकलाई रक्तदान गर्नसमेत अनुरोध गर्दछौँ ।”
उक्त प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका देशबाट सहभागी हुने आयोजक कमिटीले जानकारी दिएको छ । प्रतियोगितामा काता र कुमिते गरी ३० खेलको विधामा सहभागीले ३० स्वर्ण, ३० रजत र ६० काश्य पदकका लागि मैदानमा उत्रिनेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट हुनेले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । किक बक्सिङतर्फ प्रथम पुरस्कारस्वरुप नगद रु १० हजार, द्वितीय पाँच हजार र तृतीय हुनेले रु तीन हजारसमेत प्राप्त गर्नेछन् । 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter