श्रीमती रिसाएर हैरान तनावमा हुनुहुन्छ ? त्यसो भए यसो गर्नुहोस्

11 महिना अगाडी

काठमाडौं । मानिस रिसाएको बेला के सही के गलत सोच्दैन । उ खाली आफ्नो रिस देखाउनमात्र तत्पर रहन्छ । यस अवस्थामा भएका घटनाले पछिसम्म नराम्रो परिणाम दिने गर्छ । अझ यसको असर वैवाहिक जीवनमा धेरै नै हुन्छ । श्रीमान र श्रीमतीबीच वैचारिक मतभेद हुनु सामान्य कुरा हो । केही कुरामा मतभेदका कारण झगडा हुनु पनि सामान्य नै मानिन्छ । तर, उक्त रिसलाई नियन्त्रण गर्न सकिएन भने ठुलो दुर्घटना समेत निम्तिने गर्छ । 
अधिंकाश पुरुषहरुको एउटै समस्या भएको देखिन्छ कि उनीहरुको श्रीमतीलाई रिस धेरै उठ्छ । यस्तो अवस्थामा उनीहरुलाई मनाउन निकै गाह्रो पर्छ । कतिपय अवस्थामा त महिलाहरु निकै सेन्सेटिभ समेत भइदिन्छन् जसका कारण पुरुषहरुलाई समस्यासँग झेल्न निकै गाह्रो पर्छ । एउटा कुरा सदैव ध्यानमा राख्नुपर्छ, रिसाएको मानिससँग जहिले पनि शान्त व्यवहार गर्नुपर्छ । तर, रिसको स्वभाव भएका मानिसहरु यस्ता कुरालाई वास्ता गर्न चाहँदैनन् । दुवै जनाले रिसाहा स्वभाव देखाएमा अवस्था झन् खतरनाक बन्नेगर्छ । 
१. शान्तिसँग गरिएका हरेक काम सफल हुन्छन् । यदि तपाईकी श्रीमती रिसाएकी छिन् वा रिसाउने बानी छ भने सबैभन्दा पहिला आफू शान्त रहनुहोस् । तपाई पनि रिसाउनु भयो भने समस्या झन् जटिल बन्छ । यसकारण शान्त र संयम रहनुहोस् । 
२. कुनै पनि समस्याको हल निकाल्न छ भने त्यसबारे जान्न खोज्नुहोस् । जब समस्या नै पत्ता लगाइदैन भने समाधान कसरी खोज्नुहुन्छ । श्रीमतीको रिस शान्त गराउन पनि समस्या बुझ्न प्रयास गर्नुहोस् । 
३. जब श्रीमती रिसाएको समस्याबारे थाहा पाउनुहुन्छ, समाधानतिर लाग्नुहोस् । जतिसक्दो समाधानतिर लाग्नुुहुन्छ श्रीमतीको रिस शान्त हुने वातावरण बन्छ भने घरमा एउटा रमाइलो वातावरण बन्दै जान्छ ।
४. महिलाहरु प्राय पुरुषहरुले समय नदिएका कारण रिसाउने गर्छन् । पहिला उनीहरुको कुरा सुन्नुहोस् । सकिने अवस्था छ भने उनीहरुलाई बुझाउने प्रयास गर्नुहोस् । प्राय महिलाहरु साना साना कुरामा पनि धेरै रिसाउने गर्छन् । ती गल्तीहरुबाट उम्कने काम गर्नुहोस् । 
५. यदी तपाईको बच्चाहरु छन् भने उनीहरुसँग पनि उपाय लिनसक्नु हुन्छ । प्राय बच्चाहरुसँग महिला नजिक हुने गर्छन् । उनीहरुलाई पनि महिलाहरुको समस्याबारे थाहा हुन्छ । यसले पनि ठुलो मदत दिने काम गर्छ । एजेन्सीहरुको सहयोगमा


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter