संकटमा धमलाको प्राइम टिभी

19 दिन अगाडी

काठमाडौं ।  प्राइम टाइम्स टेलिभिजन भन्नेबित्तिकै ऋषि धमलाको नाम जोडिन्छ र सबैले उनकै टिभी हो भन्छन् । धमला यो टेलिभिजनका अध्यक्ष हुन् तर अहिले टिभी संकटमा परेको छ । केही कर्मचारी निकालिएका छन् भने अझै केहीको जागिर पनि छिटै जाने सम्भावना छ ।
समाचार स्रोतका अनुसार लगानीकर्ता देवमान हिराचन र तेजेन्द्र खड्काबीच चरम बिबादले टेलिभिजन नै अस्तव्यस्त बनेको छ । दुवै जनाले आफ्ना तर्फबाट प्रतिनिधिलाई जागिर खुवाएका छन् । समाचार शाखाका सहित लगभग १० जनालाई जागिरबाट निकालिएको छ । उनीहरुलाई निकालिएपछि अरु कर्मचारी पनि त्रासमा छन्, यतिमात्र होइन कर्मचारीले केही महिनाको तलव पनि पाएका छैनन् । आफूलाई स्थापित र चर्चित पत्रकार भनिने धमला रहेको टिभीमा नै यस्तो समस्या आएपछि मानिसहरुले कुरा काट्न थालेका छन् । पत्रकारको हकहितको लागि आफू सधैं लागिपरेको दावी गर्ने धमलाको यो अवस्था आएपछि अब टिभी कसरी चल्ला भन्ने शंका सुरु भएको छ ।
टिभीमा धमलाको थोरैमात्र लगानी छ । लगानीकर्ताहरु हिराचन र खड्का दुवै आफ्नो शेयर झिक्ने दाउमा छन् । अहिले टिभीले नयाँ लगानीकर्ताको खोजी गरिरहेको जनाइएको छ । खड्काले बुहारी निलम बज्राचार्यलाई जीएम् बनाएका थिए, उनले पनि जागिर छोडेकी छिन् र त्यो ठाउँमा हिराचनका प्रतिनिधिका रुपमा बैकुण्ठ ढुंगानालाई ल्याइएको छ । निलमका श्रीमान अमेरिकामा छन् । टिभी संकटमा पर्दै गएपछि जागिर खान आउने र निस्कनेको ताँती नै लागेको छ । कोही पनि लामो समयसम्म टिक्न सकेका छैनन् । कसैको सोर्सफोर्स र आफ्ना मान्छे राख्ने दाउमा अनुभवी र विषयसँग दक्षभन्दा पनि कमजोर र सम्वन्धित विषय नै नजानेका मान्छेलाई नियुक्ति दिएको पनि आरोप लागेको छ ।
काग्त्यानी चोकमा कार्यालय रहेको टिभीको मासिक भाडा २ लाख रुपैंया तिनुपर्छ, यो घर सिन्धुपाल्चोकका गिरीको हो ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter