सङ्घवाद भनेको देशको सार्वभौमसत्ता सङ्घ र प्रदेशमा साझेदारी हुने सिद्धान्त होः सहअध्यक्ष श्रेष्ठ

1 महिना अगाडी

ललितपुर । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले सङ्घवाद भनेको देशको सार्वभौमसत्ता सङ्घ र प्रदेशमा साझेदारी हुने सिद्धान्त भएको बताएको छ । उनले यो कुरा यहि  शनिवार समाजबादी पार्टीको प्रदेश नं. ३ का कार्यालय ग्वार्कोमा भएको समाजवादी मुस्लिम सङ्घको समायोजन घोषणा कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै बताएको हो ।
सङ्घीयताविद्को रूपमा चर्चित नेता श्रेष्ठले भने, ‘सावैभौमसत्ता भनेको पुराना पार्टीहरूले भने जस्तो देशको सीमा होइन । देशको सार्वभौमसत्ता भनेको राज्यको सम्पूर्ण शक्ति मुख्य रूपमा राजकीय सत्ता र शाासनाधिकार हो । सङ्घीयतामा सङ्घ र प्रदेशको बिच राजकीय सत्ता र शासनाधिकार बाँडफाँड गरी प्रयोग हुन्छ, राज्यको शक्ति एउटै केन्द्रमा रहँदैन । त्यसैले यसलाई अकेन्द्रीकरणको सिद्धान्त भन्ने गरिएको छ ।’ उनले सङ्घीयतालाई नेकपा र काङ्ग्रेसले जस्तो राज्यको ढाँचा र शासन प्रणालीको रूपमा मात्र नलिई सिद्धान्तकै रूपमा लिनुपर्ने बताए ।
पार्टीले सबैको पहिचान र सबैको सम्मानमा जोड दिएको बताउँदै प्रमुख अतिथि श्रेष्ठले भने, ‘मुस्लीम समुदायको आफ्नो बाहुल्यता रहेको स्थानमा स्वायत्तता र राज्यको सबै अङ्गमा समानुपातिक समावेशीकरणको अधिकार, मुस्लीम आयोगलाई अधिकारसम्पन्न बनाउने, मदरसा शिक्षलाई सङ्घीय शिक्षा नीतिमा आवद्ध गर्ने, हज कानुन बनाई स्थायी प्रकृतिको हज समिति बनाउने जस्ता कुरामा समाजवादी पार्टीले स्पष्ट नीति लिएको छ ।’
नेता श्रेष्ठले समाजवादी पार्टीले राज्यका सबै अङ्गहरूमा मुस्लीम लगायतको ७ वटै क्लष्टरको समानुपातिक प्रतिनिधित्वमा जोड दिएको भन्दै जाति वा समुदायहरू सङ्ख्यामा धेरै वा थोरै, विकसित वा अविकसित हुन सक्ने तर पार्टी र राज्यको नजरमा सबै समान भएको बताए । उनले सङ्घीयता देशका ठूला समुदायहरूलाई भन्दा अल्पसङ्ख्यक समुदायलाई बढी आवश्यकता रहेको बताउँदै आफनो पार्टीको घोषणापत्र, विधान तथा सङ्घीय परिषदको बैठकबाट पारित राजनीतिक प्रतिवेदन ३ वटै दस्तावेजले मुस्लिम समुदायलाई पनि अलग क्लष्टरको रूपमा राखेको बताए ।
सहअध्यक्ष श्रेष्ठले यो कुरा समाजवादी पार्टीले सङ्घीयतामा पनि सामुदायिक भेदभाव गरी खस आर्य, आदिवासी जनजाति र मधेसी ३ ठूला क्लष्टरको चर्चा गरेको तथा मुस्लीम, थारु, दलित लगायतको समुदायको अबमूल्यन गरेको भन्दै समायोजन कार्यक्रमका केही वक्ताहरूले आक्रोश पोखेका सन्दर्भमा स्पष्ट पारेको हो । कार्यक्रममा मुस्लिम नेताहरूले राज्यले समेत ७ क्लष्टर मानिसकेको सन्दर्भमा आफूलाई मधेशी क्लष्टरमा नराख्न आग्रह गरेका थिए ।
पार्टीको जनसंगठन समायोजन कार्यदलका सदस्य तथा पार्टीका उपाध्यक्ष हिसिला यमीले अध्यक्षता गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूको रूपमा महासचिव रामसहाय प्रसाद यादव र उपमहासचिव डम्बर खतिवडाले शुभकामना मन्तब्य राखेका थिए । पार्टीका केन्द्रिय सदस्य तथा समाजबादी मुस्लिम संघका इन्चार्ज ईस्लाम हवारीले समायोजित समितिको घोषणा तथा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए ।
मुस्लिम परिषदका पूर्व अध्यक्ष मोविन खानले सञ्चालन गरेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य शशिकपूर मियाँले स्वागत मन्तब्य राखेका थिए । समायोजित समाजवादी मुस्लिम सङ्घको ९९ सदस्यीय केन्द्रीय समितीका पदाधिकारीहरू निम्नानुसार रहेका छन् ।
नुरुल होदा अन्सारी, बारा– अध्यक्ष, २ जाबेद एकबाल हैदर, पर्सा– वरिष्ठ उपाध्यक्ष, ३ हस्मुद्दिन देवान, पर्सा– उपाध्यक्ष
४ सुब्राती मन्सूर, महोत्तरी– उपाध्यक्ष, ५. डा. मोफिउर रहमान, बारा– उपाध्यक्ष, ६. समिउल्लाह खान, सिरहा– उपाध्यक्ष, ७. अल्ताफ हुस्सैन, पर्सा– महासचिव, ८. मन्जारुल अन्सारी, बारा– सचिव, ९. इलियास हवारी, काठमाडौं– सचिव, १०. बद्द्रुदोजा, बाँके– सचिव, ११. रेश्मा बानु शाह, काठमाडौं– कोषाध्यक्ष


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter