सङ्घीयता, समानुपातिकता र समावेशिताको लडाँइमा टुट्न सक्छौँ तर झुक्दैनौँः श्रेष्ठ

3 महिना अगाडी

काठमाडौँ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधानले पहिचानसहितको सङ्घीयता आत्मसात नगरे यसको छिट्टै दाहसंस्कार हुने बताएको छ । उनले संसारकै उत्कृष्ट भनिएको २०४७ सालको संविधानलाई फालेर नयाँ संविधान लेखिएको इतिहास नभुल्न संविधान जारीकर्ताहरूलाई आग्रह गरे । उनले उक्त कुरा काठमाडौँको पहिक्वमा भएको एक कार्यक्रममा बताएको हो ।
सहअध्यक्ष श्रेष्ठले सङ्घीयता, समानुपातिकता र समावेशिताका लागि भएको मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतका आन्दोलन र दशवर्षे जनयुद्धले उठाएका मुद्दाहरू अझै अधुरो रहेको बताए । उनले ती सबै आन्दोलनका वैचारिक उतराधिकारी समाजवादी पार्टी भएको बताउँदै भने, ‘हामी संविधान संशोधनका लागि सबै मोर्चामा सङ्घर्षरत छौँ । हामी सङ्घीयता, समानुपातिकता र समावेशिताको लडाँइमा टुट्न सक्छौँ तर झुक्दैनौँ । देशमा पहिचानसहितको सङ्घीयता स्थापित गरेरै छाड्छौँ ।’
नेता श्रेष्ठले नेकपा नेतृत्वको संयुक्त सरकारमा सामेल हुँदा आफूहरूले संविधान संशोधन गरी उत्पीडित समुदायका मागहरू सम्बोधन गर्न दुईबुँदे सहमती गरेकोमा त्यसलाई दुरुपयोग गरेको आरोप लगाए । उनले भने, ‘नेकपाले दुईतिहाईको दम्भ संवैधानिक आयोगका प्रमुखहरूलाई सरकारले भने जस्तो निर्णय नगरे महाभियोगको दण्डा लगाउँछु भन्दै तर्साउने, जथाभावी नियुक्ति र सरुवा बढुवा गर्ने जस्ता गलत काममा प्रयोग गरे । उनीहरूका लागि दुईतिहाई बाँदरलाई लिस्नो जस्तो भयो । हामीले सरकार छोडेपछि अब उस्को त्यो दम्भ समाप्त भएको छ । यो घट्नाले नेकपाभित्र पनि अन्तर्सङ्घर्ष सुरु भएको छ ।’
कार्यक्रममा नेता श्रेष्ठले समाजवादी पार्टी नेतृत्वको दुई नम्बर प्रदेश सरकार सङ्घीयता, समानुपातिकता र समावेशिताका लागि उदाहरणीय भएको बताउँदै त्यहाँ पहिचानसहितको सङ्घीयताको मान्यता अगाडी बढेको बताए । उनले दुई नम्बर प्रदेशमा जातीय जनसङ्ख्याको आधारमा शत प्रतिशत समानुपातिक समावेशी तथा महिलाहरुलाई प्रत्येक क्लस्ष्टरमा ५० प्रतिशत सुनिश्चित हुने गरी विधेयक पारित गर्नु ऐतिहासिक भएको बताउँदै सीमान्तकृत शिल्पीरदलित, मुस्लीम र विपन्न परिवारलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति तथा छोरीहरूका लागि शिक्षा वीमा जस्तो कार्यक्रम उदाहरणीय भएको बताए ।
नेता श्रेष्ठले दुई नम्बर प्रदेशले शत प्रतिशत समानुपातिक समावेशीको व्यवस्थासहित पारित गरेको विधेयकलाई असंवैधानिक छ, त्यसलाई अदालतले खारेज गरिदिन सक्छ भन्ने नेकपाका नेताहरूलाई त्यसलाई खारेज गरेर देखाउन चुनौति दिए ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter