सञ्चारमन्त्री बाँस्कोटाद्वारा ‘प्रणय’ र ‘अतिरिक्त’को विमोचन

2018-06-23

काठमाडौँ, असार ९ गते । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गीत गजल एल्बम ‘प्रणय’का साथै ‘अतिरिक्त’ उपन्यासको एक कार्यक्रमकाबीच विमोचन गनुभएको छ । 
राजधानीमा शुक्रबार आयोजित विमोचन कार्यक्रममा सञ्चारमन्त्री बाँस्कोटाले कला संस्कृतिको जगेर्ना गरेमात्र राष्ट्र बन्ने कुरा उल्लेख गदैँ संगीतको संरक्षण र प्रवद्र्धनमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । 
‘संगीतकार र गीतकारहरुमा समाज रुपान्तरण गर्ने आक्र्रमणकारी तत्व हुन्छ, यो तत्वले सबैलाई एक ठाँउमा उभ्याउन सक्छ । गीतमा हिमाल, तराई र पहाड सबै नाच्छन् त्यसैले गीत संगीत भनेको अनेकतामा एकता ल्याउने तागत हुन्छ’ उहाँले भन्नुभयो । 
सञ्चारमन्त्री बाँस्कोटाले कला संगीत र साहित्य क्षेत्रले सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनभुयो । उहाँले गीत संगीत भनेको मुलुक र जनतालाई सन्देश दिने खालको पनि हुनुपर्नेमा जोड दिनुभयो । 
गीत गजल एल्बम ‘प्रणय’मा गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’को एकल संगीत तथा डा. डीआर उपाध्यायको एकल रचना रहेको छ । गीतकार, उपन्यासकार तथा लेखक डा. डीआर उपाध्यायको ‘अतिरिक्त’ नामक उपन्यास साताँै उपन्यास हो । 
कार्यक्रममा गायक अधिकारीले गीत गजल एल्बम ‘प्रणय’ आफूले निकै मेहनत गरेर ल्याएको बताउदैँ आफूले संगीत पारखीका लागि नयाँ खुराक पस्किएको बताउनुभयो । हालसम्म आधुनिक गीत गजल, भजन तथा राष्ट्रिय भावका ३० भन्दा बढि गीतमा स्वर दिएका अधिकारीले ७० भन्दा बढिमा संगीत दिइसक्नु भएको छ । 
पछिल्लो समय आफ्ना गीत संगीतबाट दर्शक र श्रोताहरुको मन जित्न सफल गायक अधिकारीले निरन्तर लागि रहने हो र धैर्य गर्ने हो भने संगीत क्षेत्रमा लगेर बाच्न सकिने बताउनुहुन्छ । 
दाङ गोग्लीका अधिकारी विगत १५ वर्षदेखि काठमाडौंमा संगीत क्षेत्रमा साधनारत हुनुहुन्छ । उहाँले २०५८ सालदेखि संगीतको औपचारिक शिक्षा शुरु गर्नुभएको हो । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट शास्त्रीय संगीतअन्तर्गत गायन विधामा स्नातकोत्तर तहको अध्ययन पुरा गर्नुभएको हो । उहाँले हालसम्म विभिन्न गायकको स्वर रहेको १० वटा एल्बममा स्वर समेत दिनुभएको छ । 
गीत गजल एल्बम ‘प्रणय’मा जम्मा ६ वटा गीत छन्, सबै गीतमा अधिकारीकोसंगीत रहेको छ । आऊ न आऊ आफ्नौ छाँयाले, चौबन्दी चोलीमा लगायतका गीतमा नेपाली गीत संगीतका दिग्गज गायक गायिका सत्यराज आर्चाय, स्वरुपराज आर्चाय, प्रमोद खरेल, मेलिना राई, सुरेश लामा, मिलन अमात्य, चन्द्र काफ्ले र सागर अधिकारी ‘शरद’को स्वर रहेको छ । 
कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधान, दिनेश अधिकारी, गुलु मुकारुङ्, चण्डी काफ्ले, डा. भिर्माजुन आचार्य लगायतका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । 
०००

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter