सद्भावना दूत चिनियाँ तथा हलिउड अभिनेत्री सु चिङलाई बर्दियावासीका तर्फबाट स्वागत

8 महिना अगाडी

बर्दिया । बर्दियामा पर्यटन प्रवद्र्धन गर्न बर्दिया पुगेकी नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत चिनियाँ तथा हलिउड अभिनेत्री सु चिङलाई  बर्दियावासीका तर्फबाट स्वागत गरिएको छ। प्रख्यात चिनियाँ तथा हलिउड फिल्म अभिनेत्री तथा भिजिट नेपाल २०२० की  सद्भाभाव दूत सु चिङ ९ ह्ग)त्तष्लन .क्गmmभच त्तष्लन० लाई बर्दियामा रहेको विश्वको प्रसिद्ध पर्यटकीय स्थल बर्दिया राष्ट्रिय निकुञ्जमा स्वागत गरिएको छ।  बर्दियाका प्रजिअ प्रेमलाल लामिछाने, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अड्नथ बराल, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल थारु, लुम्बिनी पत्र दैनिकका प्रकाशक यम घिमिरे,नागरिक अगुवा बालकृष्ण वलीले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी चिनियाँ अभिनेत्री सु चिङलाई फूलमाला,अबिर, खादा ओढाई स्वागत गरे। जिल्लावासीको तर्फबाट सुचिङलाई स्वागत गर्दै बर्दियाका प्रजिअ लामिछानेले  बर्दियामा रहेका  पर्यटकीय गन्तव्य ठाकुरद्वारा, कृष्णसार, खाता जैविक मार्ग, बढैयातालको भ्रमण  गरी चिनियाँ पर्यटक माझ प्रचार प्रसार गरिदिन आग्रह गरे। मंसिर २१ गते शनिबार  सद्भावना दूतको रूपमा बर्दिया पुगेकी चिङ्लाई उचीत सुरक्षा प्रबंध मिलाइएको बर्दिया प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले बताए।
 सदभाव दूतलाई बर्दिया ल्याएका युवा समाजसेवी एवम ने क पा बर्दियाका जिल्ला सदस्य हरिश देव गौतमले भृकुटीको छोरी चिङले नेपाल आफ्नो मावली भएकाले  मावलीमा साथीभाइ र अरुलाई चिङले आग्रह गरेको बताए।
अभिनेत्री छिङले नेपाल(चीनबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध जन्मेको देशले मनाउन लागेको भ्रमण वर्षमा  बाघ, गैंडा, घडियाल गोही, डल्फिन लगायत जीवजन्तु संरक्षित बर्दिया निकुञ्जमा सद्भावना दूतका रूपमा बर्दिया आउन पाउँदा खुसी लागेको बताइन्। बर्दिया निकुञ्जमा जंगल सफारी गरी उनी आजै लुम्बिनी फर्किने छिन् ।
सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री छिङ चिनियाँ सामाजिक सञ्जाल वैबोमा चर्चित मानिन्छिन् । उनलाई २०१५ मा रिलिज भएको ‘मिस्टर सिक्स’ नामक फिल्मबाट बढी स्मरण गरिन्छ । उनले सो फिल्मबाट आधा दर्जनभन्दा बढी उत्कृष्ट अभिनेत्रीको एवार्डसमेत जितेकी थिइन् । उनी चिनियाँमात्रै नभई हलिउडसहित दर्जन बढी फिल्म, टेलिशृंखला आदिमा सशक्त अभिनय गरिसकेकी छिन् । उनले १३ औं एसियन फिल्म फेस्टिभलमा हिडन म्यान फिल्मबाट उत्कृष्ट सहायक कलाकार लगायत दर्जनबढी अवार्ड हात पारिसकेकी छिन् । १ हजार ५ सय ६ भन्दा बढी चीनीया पर्यटन ब्यवासायिहरुको संगठन
चीनीया पर्यटन संगठनका अध्यक्ष लि पावहुवा  नेपालमा पर्यटनको संम्भाब्यता अध्ययनका लागी ३ सदस्यीय चीनीया पर्यटन ब्यवासायिको टोलीले गत वर्षको तिहार अघि नेपालका विभिन्न पर्यटकीय स्थल अवलोकन गरेको थियो।टोलीमा चीनीया पर्यटन अन्र्तराष्ट्रिय विभाग प्रमुख रेन लियाङ लियाङ, पर्यटन बिज्ञ लि हाइ थाओ लगायतका उच्च पदस्त ब्यक्तीहरु सहभागी थिएँ।। सिल्क रोड इन्टरनेशनल टुरिजम डेभलपमेन्ट काउन्सिलमा समेत आवद्ध सो टोलीले नेपालको लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली, कैलाली, त्रिशुली, काठमाडौं लगायतका विभिन्न पर्यटकिय स्थल भ्रमण गरी चीनीया पर्यटक नेपाल भित्रयाउन संम्भाब्यता अध्ययन गरीसकेको छ ।
जंगल वाक, जीप सफारी वा हात्ती सफारीमा निस्कँदा बाघ लगायत जनावर देखिन्छन्। बर्दियामा ४१ वटा एक सिंगे गैडा, १२० वटा भन्दा बढी जंगली हात्ती डुल्छन्। अन्य थुप्रै जनावरको पनि बसोबास छ।   कुनै समय राजा÷महाराजाको बाघ तथा हात्ती शिकार खेल्ने थलो बर्दिया आज संसारभरका पर्यटकका लागि वाइल्ड लाइफ अवलोकन गर्ने थलो बनेको छ। दिगो संरक्षणका लागि बर्दियाले संसारमै ख्याति कमाएको छ। संरक्षणको कथा सुन्न र बुझ्न पनि पर्यटक आउँछन्।  
निकुञ्ज ९६८ वर्ग किलोमिटरमा फैलेको छ। सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा स्थापना गरिएको थियो। सन् १९८८ मा यसलाई बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरियो।
निकुञ्जमा बाघका साथै गैंडा, घडियाल गोही, डल्फिन लगायत जीवजन्तु संरक्षित छन्।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter