सन्तान नहुनुको पीडाबारे पुस्तक लोकार्पण

2018-06-24

काठमाडौं, असार १० गते । ‘बच्चा हुनु भनेको बाबुआमाको मुटु बाहिर देखिनु जस्तै हो । बच्चाले घाँटीमा हालेको अंगालो आमाको लागि सर्वाेत्कृष्ण गहना हो । बच्चा नभएको घर भुतको घर जस्तै सुनसान र एकलासको हुन्छ । 
जब बच्चा जन्मन्छ । उसले धेरै नयाँ जन्म लिएर आउछ । धेरै नाता उसंगै जन्मन्छन । सृष्टिको निरन्तरता हो बच्चा । नयाँ वा नौलो हरेक चिजले मान्छे आकर्षित हुन्छ । बच्चा पनि नयाँ नौलो हुन्छ । बच्चा जन्मिएर पहिलोपल्ट हातमा पर्दा हुने खुशीलाई बुद्धले जागरणसंग लगेर जोडेका छन् । यस्तै हुन्छ जागरण भनेका छन । त्यहि खुशीका लागि मान्छेले गरेको दुःखको किताब हो यो । ’
निसन्तानहरुले सन्तान पाउदाको सुख र दुःखको  बारेमा लेखिएको किताब ‘सन्तान सुख’ बाट माथिको पंक्ति लिइएको हो । सन्तान सुख आज लोकापर्ण भएको हो । गोकर्ण गल्फ रिसोर्टमा आयोजित कार्यक्रममा डक्टर उमा श्रीवास्तवद्वारा लेखिएको पुस्तक बरिष्ठ डक्टर एलबि थापाले लोकापर्ण गर्नु भएको हो । 
कार्यक्रममा बोल्दै डक्टर एलबि थापाले नेपाली जनमानसमा यस्तो खालको पुस्तक आउनु पर्ने थियो आयो भन्दै आफ्नो खुशी ब्यक्त गर्नु भयो । भन्नु भयो ‘नेपालमा डक्टरहरुले आफ्नो अनुभव लेख्नै पर्नेमा त्यो काम डक्टर उमा श्रीवास्तवले गरेर नेपाली साहित्य र चिकित्सा क्षेत्रलाई नै गुन लगाउनु भयो ।’ 
कार्यक्रममा उपस्थित डक्टर भोला रिजालले निसन्तानको लागि आफु पनि लामो समय लागिरहेको छु लेखनको लागि समय निकाल्नै गाह्रो हुन्छ तर कुनबेला डक्टर उमाले समय निकालेर यति राम्रो पुस्तक निकाल्नुु भयो भन्दै प्रश्न गर्नु भयो । आफुहरु सबैलाई छक्क पार्ने गरि आएको यो पुस्तक आफुले पढेको र निकै रोचक लागेको बताउनु भयो । 
कार्यक्रममा डक्टर सानु मैया दलीले डक्टर उमालाई हिजो भेटे जस्तो लाग्छ आज उमाले खोलेको निसन्तान केन्द्रले २५ बर्ष मनाईकन आफ्नो बारेमा पुस्तक लेखेर आश्चर्यमा पारेको बताउनु भयो । लेखन र प्रकाशनमा सहयोग गर्ने संस्था घोष्ट राईटिंग नेपाललाई पनि धन्यवाद दिनु भयो । 
लेखक डक्टर उमा श्रीवास्तवले आफुले आफ्नो भोगाई समिटिएको पुस्तक सन्तान सुख आफ्नो लागि भन्दा पनि निसन्तान दम्पतिले घचघचाएकोले लेखेको बताउनु भयो । ‘यो पुस्तक लेख्दा आफुले निसन्तान दम्पतिलाई धेरै पल्ट सम्झेको र उनीहरुको लागि दस्तावेज बन्न सक्छ भनेर लेखेको हो ।’
पुस्तक लेखन र प्रकाशन गरेको संस्था घोष्ट राईटिंग नेपालका अध्यक्ष कमल ढकालले मान्छेका कथा आफुहरुलाई आश्चर्य चकित, अप्रत्याशित र अनौठो लाग्ने हुनाले आफुहरु त्यसमा लागिपरेको बताउदै आज आएको पुस्तक नेपाली पाठक र बजारको लागि नयाँ स्वाद हुने बताउनु भयो । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter