सन् २०१८ सम्ममा सात करोड मानिस विस्थापित – राष्ट्रसंघ

1 महिना अगाडी

जेनेभा । संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस आफ्ना घरबाट विस्थापित भएको बुधबार जनाएको छ । 
शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) को बुधबार सार्वजनिक प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन हुनेको संख्या ठूलो रहेकाले विश्वव्यापी रुपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको जनाइएको छ ।
अघिल्लो वर्ष सन् २०१७ को अन्त्यसम्ममा हिंसा वा उत्पीडनबाट बलजफ्ती विस्थापित हुन बाध्य पारिएका व्यक्तिको संख्या विश्वभर करिब ६ करोड ८५ लाख रहेको थियो । 
युएनएचसिआरका अनुसार इथियोपियामा अन्तर–जातीय द्वन्द्वका कारण ठूलो संख्यामा मानिसहरु विस्थापित हुन बाध्य भएका छन् । भेनेजुएलाको आर्थिक संकटका कारण ठूलो संख्यामा मानिसहरु अन्यत्र शरण लिन बाध्य भएका छन् । यहाँ खाद्यान्न र औषधिजस्ता अत्यन्त जरुरी सामाग्रीको समेत अभाव छ ।
सन् २०१६ यता भेनेजुएलाबाट करिब ३३ लाख मानिस अन्य मुलुकतर्फ भागेको राष्ट्रसंघको अनुमान छ । 
युएनएचसिआरका प्रमुख फिलिप्पो ग्रान्डीले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्वभर विस्थापित सात करोड नागरिकमध्ये भेनेजुएलाका विस्थापितको औपचारिक आवेदकलाई मात्र समेटिएको जानकारी दिनुभयो । उहाँले करिब पाँच लाख भेनेजुएलाका नागरिकको नाम मात्र संकलन गरिएको बताउनुभयो ।
समग्रमा, विगत २० वर्षको अवधिमा विस्थापित मानिसको संख्या दोब्बर भएको छ र यो थाइल्यान्डको जनसंख्याभन्दा बढी हो ।
ग्रान्डीका अनुसार यो गलत प्रवृत्ति रोकिनुको साटो निरन्तर कायम रहेको छ । 
एम्नेस्टी इन्टरनेसनलका अनुसार शरणार्थी त्यस्तो व्यक्ति हो जो आफ्नो मुलुकबाट भाग्दछ र द्वन्द्व वा उत्पीडनको भयका कारण आफ्नो मुलुक फर्कन सक्दैन । 
युएनएचसिआरको प्रतिवेदनमा चार करोड १३ लाख आन्तरिक रुपमा देशभित्रै विस्थापित भएका, दुई करोड ५९ लाख शरणार्थी रहेका र ३५ लाखले आप्रवासीका लागि आवेदन दिएको उल्लेख छ । 
देशभित्रै ठूलो संख्यामा विस्थापित रहेका मुलुकहरुमा सिरिया र कोलम्बिया रहेका छन् । शरणार्थीमध्ये करिब ५५ लाख प्यालेस्टिनीहरु लेबनान र जोर्डन समेतका धेरै देशमा छरिएर रहेका छन् ।
ग्रान्डीले शरणार्थी स्वदेश फर्कने वातावरण तयार भएपछि मात्र स्वदेश फर्काइने गरेको बताउँदै तर २० प्रतिशतभन्दा बढी निर्वासित व्यक्तिहरु दुई दशकभन्दा बढी समयदेखि शरणार्थीकै रुपमा रहन बाध्य भएको जानकारी दिनुभयो । रासस÷एएफपी


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter