16 दिन अगाडी

यज्ञबहादुर काकी
हो, सपना देख्नको लागि निदाउनुपर्छ । धेरै दिनदेखि न निदाएको मानिसलाई निन्द्रा पार्नु जरुरी छ न निन्द्रा पार्ने औषधि (सिल्पिङ्ग टेवलेट) दिने चिकित्सकले मात्रा भन्दा वढी टेवलेट खुवाईदिएर न सपना देख्नुपर्ने । न फेरि विऊतिनुपर्ने गराइदिए पछि फेरि सपना फेरि सपना देख्छु भन्नेले गुनासो गर्न पाएन । यदि यस्तो हो भने किन निदाएर सपना देख्न पाँउ भनेर चिकित्सकसंग अनुरोध गर्यो ? किन चिकित्सकले सदाको लागि न विउतिने गरि निदाउने टेवलेट दियो । हो, यस्तै भयो नेता महोदयले गर्दा यो देशको जनताको अवस्था । अब एउटा प्रश्न सोध्दछु। मेरा मित्रहरुलाई यस्ता अपराधि मनोबृती भएका चिकित्सकहरुलाइ कसले विश्वास गरिरह्यो ? किन गरि रह्यो ? के का लागि गरिरह्यो ? 
भनौला फेरि यत्रो ठुलो परिवर्तन भयो, यति अधिकार सम्पन्न भयौ, नयाँ युगको थालनी भयो ? फेरि के चाहियो ? म फेरि प्रति प्रश्न गर्छु,  गत २०४६ देखि यहाँसम्म आईपुग्दा कसको लागि राम्रो भयो त ? सपना वाडनेको या सपना देख्नेको लागि ? हो विश्वासपुर्बक टेवलेट खाने तिमीको ? आज पनि ठुला ठुला मानव अधिकार उलंघन गर्न सक्ने सांगठनिक शक्ति वनाएर वसेका र विभिन्न जाल ताना वुना गर्न सिपालुका फर्मुलाका धनी कसरी काम गरिरहेको छन भनी रहनु पर्ने हो र ? अब भन्नू पर्दा वारम्वार परेर नचेत्नेको कुनै समाधानको उपाए छैन । वत्तिमा होमिन जाने पुतली सरह ।
मुलुक कसको हातमा जान्छ भोली ? के त्यसको रुपरेखा आजै तय भएन र ? अब ५ वर्ष पछि कायापलट गराउन सक्ने शक्ति हुनेहरुले मुलुक वचाउनेको खोजी गर्न अवस्था आएन र ? अब भने सर्ब नाश हुनु भन्दा अर्ध नाश हुनु बेस भन्ने सोचौ । सोच्ने शक्ति ड्यामेज वनाई दिई सके भने अब विरामी झै भएर सुति रहुँ या त अब असल चिकित्सककहाँ जाउ ।
अफ्रिकाको धना जगंलमा एउटा रुख पाईन्छ जसलाई मांसाहारी रुखको नामले चिनिन्छ । उ चुपचाप अरुरुख सरह नै उठि रहेको हुन्छ । त्यो रुखको चारैतर्फ लहरा फिजिएको हुन्छ । जब सिकार नजिक आँउदछ, उसको पकड भन्दा बाहिर नपर्ने गरि अगाडि पर्छ । तब उसले आफ्नो लहराले कस्सिने गरि चारै तर्फ वेर्द्छ अनि लहरामा भएको काँढाले शरिरमा विभिन्न ठाउँमा घोपेर काढँको माध्यमबाट रगत चुसेर उसले खान्छ । तसर्थ अफ्रिकीहरु काम विषेशले घना जंगलमामा पस्दा दुवै हातमा धारिलो लामो चक्कु लिएर पस्दछन ताकि उसका लहराले लपेटिएर वेह्र्न नपाउदै लहरा काटि उम्कन सकुन । आफ्नो मताधिकार पनि लहरा काटने हतियार संझ अनि मांसाहारी रुख नजिक पुग्यौं भने आफ्नो हतियार वाट आफ्नो वचाव गर ताकि पुरै लपेटिन न परोस अनि जंगलमा लागेर के काममा गएको हो त्यो पूरा गर । आमा भन्दा ठुली मातृ भुमिको रक्षा गर, जाल झेलमा नफस , तिम्रो शक्त् िलिएर तिम्रै संन्ततीको नाश गर्ने आधुनिक भष्माशुरवाट सतर्क होऊ ।
ईश्वर माफ गर ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter