सभापति हुन्छु भन्ने शेखर बैठकमै किन आएनन् ?

1 महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला पार्टीको आगामी महाधिवेशनमा सभापति हुन्छु भनेर हिँडेका छन् । गत महाधिवेशनमा अध्याधिक मत ल्याएर केन्द्रीय सदस्य बनेका उनी प्रतिनिधिसभाको निर्वाचनमा मोरन ६ बाट पराजित भएपछि फुर्सद भएका उनी झनै देश दौडाहामा लागेका छन् । निर्वाचनमा नेकपाका उम्मेदवार लालबाबु पण्डितलाई चिन्दिन भनेर अन्तरवार्ता दिएपछि उनी निकै आलोचितमात्र भएनन् कोइरालाको मुख्य राजनीतिक थलो मानिने मोरङमा पनि निर्वाचनमा पराजय भोग्नुपर्यो ।
शनिबार कांग्रेसले संविधान संशोधनलगायत अन्य महत्वपूर्ण विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको थियो । तर पनि शेखर उपस्थित भएनन् । पार्टीमा सामान्य कुरा हुँदा पनि हतारिएर बोलिहाल्ने र तत्कालै असन्तुष्टि राख्ने शेखरको अनुपस्थितिलाई लिएर बैठकमै खासखुस चल्यो । बैठक बस्ने मिति केही अघि नै टुंगो लगाएकाले अरु केन्द्रीय सदस्यसमेत जिल्लाबाट आएका थिए । विराटनगर रहेका उनी लकडाउनका कारण आउन नसकेको उनको सचिवालयले जनाएको छ । उनले चाहेमा काठमाडौं आउने पास मिलाउन सक्थे तर पनि यो बैठकमा आउन चासो नदिनु र कुनै मतलव नगरिनुलाई पार्टीभित्र निकै महत्वका साथ हेरिएको छ । उनी पार्टीका जुनसुकै साना विषयमा पनि विज्ञप्ती निकाल्ने र आफ्नो पक्षमा मत संकलन गर्ने गर्दथे । उनी आइतबार एक कार्यक्रममा बजेटमाथि बौद्धिक वहस कार्यक्रममा अनलाइन छलफलमा भने सहभागी भएको फेसबुक माध्यमले जनाएको छ । उनलाई पार्टीको महत्वपूर्ण छलफलभन्दा पनि बजेट बहस महत्वपूर्ण भएकामा धेरैले आश्चर्य प्रकट गरेका छन् ।
आगामी पार्टी सभापति हुने भन्दै उनी देशव्यापी दौडाहामा छन् । उनी प्रत्येक जिल्लामा पुगेर पार्टीको कार्यक्रम र कार्यकर्ता भेटघाट भन्दै भाषण दिने गरेका छन् । जिल्लाले बोलाउने भन्दा पनि उनी आफैं आउँछु भनेर जाने गरेको पनि टिकाटिप्पणी भएको छ ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter