सभामुख महरा र समकक्षी आइरिस सभामुख सेनबीच द्विपक्षीय भेटवार्ता

10 दिन अगाडी

काठमाडौं । सभामुख कृष्णबहादुर महरा र आयरल्याण्डस्थित आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेलबीच द्विपक्षीय भेटवार्ता भएको छ । 
सभामुख महराको निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका समकक्षी आइरिस सभामुख सेनसँग आज (सोमबार) सभामुखको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्तामा दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गर्नुका साथै संसदीय प्रक्रिया र अभ्यास, संसदीय मैत्री समूह गठन, शिक्षा, पर्यटन, व्यापार लगायतका विषयमा छलफल भएको थियो ।
सो अवसरमा सभामुख महराले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध एक सय वर्षभन्दा पुरानो रहेको चर्चा गर्नुहुँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर र घनिष्ठ बनाउन सभामुख नेतृत्वको प्रतिनिधि मण्डलकोे नेपाल भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको संघीय शासन प्रणाली, संघीय संसद र संसदीय अभ्यासका बारेमा जानकारी गराउनुहुँदै सभामुख महराले नेपालमा नयाँ संविधान निर्माणपछि संसदले विभिन्न ऐन कानून निर्माणमा मुख्य जोड दिएको बताउनुभयो । 
‘नेपालको संघीय संसद सबै वर्ग, लिङ्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी रहेको छ, सभामुख महराले भन्नुभयो, ‘देशका सबै जनसमुदायको समुचित प्रतिनिधित्वका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अपनाएर जनप्रतिनिधिहरु चयन भएका छन्, त्यस्तो व्यवस्था हामीले संविधानमै सुनिश्चित गरेका छौं ।’
संघीय संसदले नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूह गठन गरिसकेको जानकारी दिनुहुँदै सभामुख महराले संसदीय मैत्री समूहमार्फत् दुई देशबीचको राजनीतिक सम्बन्ध प्रगाढ हुनुका साथै संसदीय परम्परा, अभ्यास र प्रक्रिया आदान प्रदानमा महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको बताउनुहुँदै सभामुख महराले नेपाल भ्रमणका लागि आयरल्याण्डका पर्यटकहरुका लागि नेपाललाई पनि एक गन्तव्यका रुपमा बनाउन पहल गरिदिन पनि समकक्षी सेनसँग अनुरोध गर्नुभयो ।
भेटवार्ताका क्रममा आइरिस सभामुख सेन फेरेगलले नेपाल आउन पाउँदा निकै खुसी लागेको बताउनुहुँदै नेपाल भ्रमणका लागि निम्तो गरेकोमा सभामुख महरालाई धन्यवाद व्यक्त गर्नुभयो । 
आयरल्याण्ड विश्वकै एक पर्यटकीय गन्तव्यका रुपमा रहेको चर्चा गर्नुहुदै उहाँले देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पर्यटनले निर्वाह गरेको बताउनुभयो । नेपालले पनि पर्यटन प्रवद्र्धनमा विशेष लगानी गरेर ठूलो लाभ लिन सक्ने सम्भावना रहेको आफूले बुझेको सभामुख सेनले बताउनुभयो । 
आयरल्याण्डमा अहिले करिब ३ हजारको संख्यामा नेपाली नागरिकहरु व्यापारलगायत विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै आइरिस सभामुख सेनले आफूहरु नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा जाने गरेको र नेपाली समुदायले आयरल्याण्डमा राम्रो छाप छोडेको बताउनुभयो ।
नेपालका हिमाली क्षेत्रहरुमा रहेका विद्यालय तथा हस्पिटलहरुमा आयरल्याण्ड सरकारले आर्थिक सहयोग गरिरहेको चर्चा गर्नुहुँदै उहाँले आयरल्याण्डले शिक्षा, पर्यटन, व्यापार, कृषिलगायतका क्षेत्रका सहकार्य गर्न सक्ने बताउनुभयो ।
आयरल्याण्डको संसदीय अभ्यास, परम्परा र प्रक्रियाका बारेमा जानकारी दिनुहुँदै उहाँले आयरल्याण्ड र नेपालको संसदीय प्रक्रियामा धेरै समानता रहेको बताउनुभयो । 
भेटवार्तामा आइरिस सभामुख सेनसहित भ्रमण टोलीका सदस्यहरु आइरिस पार्लियामेन्टका सांसदहरु मौरिन सुल्लिभान, क्याथरिन नून, जोड हमिल्टन लगायतको सहभागिता रहेको थियो भने नेपाली टोलीको तर्फबाट सभामुखका साथै नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहका संयोजक सांसद राधा ज्ञवाली, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिवालय सचिव भरतराज गौतमलगायतको सहभागिता रहेको थियो ।
५ दिने नेपाल भ्रमणमा रहेको आइरिस सभामुख नेतृत्वको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लगायतले भेट्ने कार्यक्रम रहेको छ ।

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter