काठमाडौं । समाजवादी टे«ड युनियन महासंघ स्थापना भएको एक वर्ष पुगेको छ, नेपाल समाजवादी ट्रेड युनियन महासंघ र समाजवादी लोकतान्त्रिक टे«ड युनियन महासंघ एकता समायोजना भएर समाजवादी टे«ड युनियन महासंघ ठिक एक वर्ष अगाडि स्थापना भएको हो । ‘श्रमिकको रोजगारीको सुनिश्चितता समाजवादी टे«ड युनियन महासंघमा आबद्धता’ भन्ने मूल नाराका साथ महासंघले सातै प्रदेशमा स्थापना दिवस भव्य रुपमा सम्पन्न गरेको छ । महासंघ केन्द्रीय कार्यालयको सभाहल बालकुमारी ललितपुरमा सम्पन्न सो कार्यक्रममा महासंघ नेतृत्वले यो पहिलो वर्ष उपलब्धीपूर्ण रहेको र आगामी बर्षहरुमा महासंघलाई थप शसक्त रुपमा अगाडि बढाउने कार्ययोजना तयार गरेको बताए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्र्व उपप्रधानमन्त्री उपेन्द्र यादवले समाजवादी टे«ड युनियन महासंघले स्थापना भएको एक वर्षमा श्रमजिवी वर्गको पक्षमा महत्वपूर्ण अभिभावकीय भूमिका निर्वाह गरेकोमा धन्यवाद दिँदै आगामी वर्षहरुमा यस महासंघले सशक्त रुपमा टे«ड युनियन आन्दोलनको अगुवाई गर्नेमा विश्वस्त रहेको बताए । अध्यक्ष यादवले सरकार महामारीमा जनता, श्रमजिवीको रक्षा गर्नुपर्नेमा आफ्नो कुनै पनि जिम्मेवारी, उत्तरदायित्व छैन भनेर पन्छिन खोजेको आरोप लगाए । त्यस्तै जसपाका कार्यकारिणी सदस्य एवं पूर्व मन्त्री रकम चेम्जोङ्गले अबको टे«ड यूनियन आन्दोलनको अगुवाई समाजवादी टे«ड युनियन महासंघले गर्नेमा आफू विश्वस्त रहेको भन्दै देशै भरिबाट यस महासंघ प्रतिको आकर्षण व्यापक बढेको बताए ।
महासंघका अध्यक्ष लालध्वज नेम्वाङ्गले कोरोना भाइरसका कारण उत्पन्न कठिनाइका बाबजुद महासंघले श्रमिकका पक्षमा गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा समेत श्रमजिवी वर्गको पक्षमा इमान्दारिपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महासंघको एकवर्षे सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै उपाध्यक्ष अर्जुन लम्सालले आगामी वर्षमा संगठन निर्माणको कार्यमा महासंघ केन्द्रीत रहने बताए ।
कार्यक्रममा समाजवादी टे«ड युनियन महासंघको मुखपत्र “साझा श्रमिक आवाज”को प्रमुख अतिथि एवं विशेष अतिथिबाट विमोचन समेत गरिएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी जसपामा झण्डै २ दर्जनको संख्यामा समाहित भएका छन् ।
त्यसैगरी स्थापना दिवसको कार्यक्रममा उपाध्यक्ष, विष्णु पौडेलले स्वागत मन्तव्य एवं नारायण थापाले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं। १ का इन्चार्ज नवराज लिम्बु, महिला उपाध्यक्ष शारदा भट्टराई, उपमहासचिव हरिश दाहाल, दयाराम राई, प्रकाश भट्टराई, गोकर्ण अधिकारी, सचिव गोपाल राई, कोषाध्यक्ष कुमार सुनुवार, सह–कोषाध्यक्ष कुवेर तिमिल्सिना, सुरेश मोक्तानलगायतका महासंघका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन महासचिव डि।बी। सरोज राईले गरेका थिए ।
त्यसैगरी प्रदेश नं। १ मा महासंघका सह–अध्यक्ष जोगिलाल यादव प्रमुख अतिथि, पार्टीका केन्द्रीय सदस्य राजकुमार यादव लगायतको उपस्थितिमा मो। नसरुलको अध्यक्षतामा महासंघको प्रथम स्थापना दिवस सम्पन्न भयो, प्रदेश २ मा बाराको कलैयामा जवादर शाहको अध्यक्षता, पार्टी केन्द्रीय सदस्य एवं प्रदेश सभा सांसद पारस शाह प्रमुख अतिथि, महासंघका उपाध्यक्ष एवं प्रदेश नं। २ का इन्चार्ज विन्देश्वर राय यादव, महासंघका केन्द्रीय सचिव वासुदेव यादव, २ नं। प्रदेश सचिव तेजलाल भगत लगायतको उपस्थितिमा स्थापना दिवस कार्यक्रम सम्पन्न भयो भने प्रदेश नं। २ कै वर्दिवासमा महासंघ प्रदेश नं। २ अध्यक्ष फुल्गेन प्रसाद शाहको अध्यक्षतामा पार्टीका प्रदेश कोषाध्यक्ष रेनु कुमारी यादव प्रमुख अतिथि, समाजवादी टे«ड युनियन महासंघ जिल्ला कमिटी महोत्तरी दिपेन्द्र कुमार यादवको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन भयो । सो कार्यक्रममा महासंघका उपमहासचिव प्रमोद कुमार पोखरेललगायत पार्टीका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
त्यसैगरी गरी प्रदेश २ कै सप्तरीमा समेत बलिराम शर्माको अध्यक्षतामा महासंघको स्थापना दिवस पार्टी एवं महासंघको नेताहरुको उपस्थितिमा सम्पन्न भयो । त्यसैगरी गण्डकी प्रदेशमा महासंघका प्रदेश अध्यक्ष शिव अधिकारीको अध्यक्षतामा जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष मोति रिजालको प्रमुख आतिथ्यमा शिव केसीको नेतृत्वले पार्टी प्रवेश समेत गराई महासंघको स्थापना दिवस सम्पन्न भयो ।
त्यसैगरी प्रदेश नं।५ मा महासंघका प्रदेश अध्यक्ष शिवपुजन यादवको अध्यक्षतामा महासंघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं। ५ का इन्चार्ज प्रेम भुजेलको प्रमुख आतिथ्यमा, महासंघका केन्द्रीय सल्लाहकार अमर दिप गुरुङ, पार्टीका प्रदेश ५ का संसदीय दलका नेता सहासराम यादव विशेष अतिथ्यतामा एवं पार्टी प्रदेश अध्यक्ष अशोक यादव लगायतका नेताहरुको बाक्लो उपस्थितिमा महासंघको स्थापना दिवस सम्पन्न भयो ।
त्यसैगरी प्रदेश नं। ६ मा महासंघका प्रदेश अध्यक्ष लाले कुमालको अध्यक्षतामा स्थापना दिवस मनाइयो भने प्रदेश नं। ७ मा महासंघका केन्द्रीय उपाध्यक्ष हेमन्तराज माण्डव्यको प्रमुख आतिथ्यमा एक अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस भव्य रुपमा सम्पन्न भयो ।