समाजसेवी कुँवरले दृष्टिविहीन ७० जनालाई फेरि बाँडे राहत

4 महिना अगाडी

काठमाडौं । चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरले फेरि पनि ७० जना दृष्टिविहीनलाई राहत बाँडेका छन् ।
२७ औं चरणको अभियान अन्तर्गत उनले हालै कीर्तिपुरको हनुमानघाटमा राहत स्वरुप चामल, दाल ,चिनी, तेललगायतका सामग्री बाँडेका हुन् । उनले यसअघि बौद्धको हायत होटल अगाडि एक सय जना दृष्टिविहीनलाई राहत बाँडेका थिए । यसपालिको राहत वितरणसँगै उनले दृष्टिविहीनलाई खादा ओढाएर सम्मान समेत गरेका थिए । कुँवरले लकडाउन सुरु भएदेखि नै राहत बाँड्दै आएका छन् । उनले अहिलेसम्म आइपुग्दा समाजसेवा गर्न चाहने सबैले एक न एक स्वार्थ राखेका हुन्छन् । बाहिर सेवाको भाव देखाए पनि त्यसैलाई देखाएर समाजमा गलत नियत राख्ने पनि मान्छे पाइन्छन् । यस्तै परिवेशमा आफ्नो छुट्टै पहिचान बनाएका छन् बाफल काठमाडौंका समाजसेवी ताराबहादुर कुँवरले । 
चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता समेत रहेका कुँवरले कोरोना भाइरसका कारण भएको लकडाउनदेखि नै राहत बाँडिरहे । उनले बीचमा केही समय स्थगित गरेको भने पनि दुःखी पीडितहरुको आवाज सुनेपछि फेरि निरन्तरता दिए । उनी समाजसेवा गर्न पाए खुशी हुने बताउँछन् । ‘आफ्नो तर्फबाट सक्दो सहयोग गर्छु, मलाई यसैमा रमाइलो लाग्छ’ उनले भने ‘आफूले गरेको राम्रो कामको चर्चा गर्न पनि मन लाग्छ, जोसुकैले जेसुकै भनुन् मतलव छैन ।’ फेसबुकमा राहत वितरणको तस्विर हालेपछि कहिलेकाँही आलोचना समेत सहेका उनले अरुलाई पनि यस्तै काम गर्न र फेसबुकभरी तस्विर हाल्नसमेत आग्रह गरेका छन् । उनले यसपालिको कार्यक्रम हजुरलाई नमस्ते फाउण्डेशनबाट गरेका हुन्, उनी नै यसको अध्यक्ष हुन् । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उनी हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक हुन् ।
उनी जहिले पनि समाजसेवामा लागिरहेका छन् । उनले आफ्नो तर्फबाट मात्र होइन अरुसँग पनि सहकार्य गरेर राहत बाँडिरहेका छन् । कुँवरको सक्रियताले अरुलाई पनि राहत वितरणमा उत्साहित पनि बनाएको छ । उनले केही दिनअघि २६ औं चरणको राहत वितरण गरेका छन् । उनले पछिल्लो समयमा बौद्धको हायत होटल अगाडि एक सय जना दृष्टिविहीनलाई राहत वितरण गरेको जनाएका छन् । पूर्व प्रधान सेनापति रुक्मांगत कटवालको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको हो । राहत स्वरुप चामल, दाल, चिनी, आलुलगायतका सामग्री वितरण गर्दै आएका छन् । उनले पछिल्लो समयमा दृष्टिविहीनहरुमा ठूलो समस्या भएकाले राहत वितरण गर्नुपरेको बताए । उनले २६ औं चरणमा गरी १६ सय ५० जनालाई राहत उपलव्ध गराइसकेका छन् । 
लकडाउनमा उपत्यकामा रगतको अभाव हुन थालेपछि उनकै सक्रियतामा विभिन्न संघसंस्थाको सहयोगमा पाँच पटक रक्तदानको आयोजना पनि गरे, जसमा १ सय ६३ पाउण्ड रगत संकलन भएको थियो । अहिलेको कार्यक्रम हजुरलाई नमस्ते फाउण्डेसनले आयोजना गरेको हो, कुँवर नै फाउण्डेसनको अध्यक्ष हुन् । ‘अरु धेरै  मानिस कोरोनाको डरले घरमै बसे तर मैले भनें सबैलाई सकेको सहयोग गरें, सेवा गर्न पाएकामा आत्मसन्तुष्टि मिलेको छ’ उनले भने ‘मैले लकडाउन र नाकाबन्दीमा घर भाडामा पनि छुट दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ।’


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

भदौदेखि बहुबिबाह दर्ता नहुने

काठमाडौं । भदौ १ गतेदेखि बहुविबाह दर्ता नहुने भएको छ । अहिलेको कानुनले कसैले बहुविबाह गरे र पीडित पक्षले मुद्धा...

Advertisement
Advertisement

Subscribe our Newsletter