समृद्ध देशका लागि उद्यमशिल युवा–भट्टराई

1 महिना अगाडी

पोखरा । यही मंसिर १४ गते कास्की निर्वाचन क्षेत्र नं. २ मा हुन गइरहेको संसदीय उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रत्यासी उम्मेदवार विद्या भट्टराई अधिकारीले समृद्ध देशका लागि उद्यमशिल युवा बनाउनु पर्ने बताउनु भएको छ । 
भट्टराईले समृद्ध नेपाल निर्माणको लागि एक आधारशिला वर्तमान सरकारको लक्ष्य भएको हुँदा सो प्राप्तिका लागि युवाहरूलाई उद्यमशिल बनाउन र उत्पादनमुखी काममा सरिक बनाउन आफु विशेष जोड दिने बताउनु भयो । उहाँले कम्युनिष्टहरू अग्रगामी हुने हुँदा समाज र राष्ट्रलाई अगाडि बढाउन कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूले जनचाहनाको उच्च कदर गर्दै आफ्ना कार्यहरू सो कुरामा केन्द्रीत गर्नुपर्ने बताउनु भयो । भट्टराईले सो कुरा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ४ का जनताहरूसँग प्रत्यक्ष भेट पश्चात आयोजित कोणसभालाई सोमबार सम्बोधन गर्दै बताउनु भएको हो । 
विगतको निर्वाचनमा आफ्नो पार्टीले वाचागरेका प्रतिवद्धताहरू र जनताका आकांक्षाहरू आफ्नो निर्वाचनको केन्द्रविन्दू रहेको भन्दै सोही अनुसार आफु अघि बढ्ने बताउनु भयो । जन सहभागिता बिना राजनीतिक भूमिका विस्तार हुन नसक्ने र प्रभावकारी राजनीतिक भूभिका बिना सभ्य र विकसित समाजको निर्माण हुन नसक्ने भन्दै सबै जनताहरू राजनीतिकरूपमा सचेत भएर जन प्रतिनिधिहरूलाई निरन्तर खवरदारी गर्न आग्रह गर्नु भयो । 
यस अघि भट्टराईले सोमबार बिहान सो वडाको नालाको मुख स्थित नेपाली राजनीतिका लौह पुरुष स्व. गणेशमान सिंहको शालिकमा माल्र्यापर्ण गरी उक्त वडाको जनताहरूसँग भेटघाट शुरू गर्नु भएको हो । सयौं नेता, कार्यकर्ताहरूका साथमा जनसाक्षात्कार गर्नु भएकी उम्मेदवार भट्टराईलाई सो वडाका वासिन्दाहरूले यस पालिको निर्वाचनमा दोब्बर मतले निर्वाचित गराउने प्रपितवद्धता व्यक्त गरेका थिए ।

Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter