सरकारविरुद्धको आन्दोलनमा कांग्रेसलगायत विचार मिल्नेसँग सहकार्य गर्छौंः यादव

3 महिना अगाडी

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्व मन्त्री राजकिशोर यादवले वर्तमान सरकार शान्ति, सुव्यवस्था र समृद्धि हाँसिल गर्नेतर्फ अग्रसर नभएको आरोप लगाएका छन् । उनले भने,‘धेरै लामो समयपछि मुलुकले स्थिर र बहुमतको सरकार पाएको छ । तर, सरकारले सोहीअनुरुप काम गर्न सकेको छैन् । सरकारलाई दोष थोपरेर उम्किन खोजेको होईन । तर, सरकारको व्यवहार नै त्यस्तो छ ।’
पछिल्लो समय विकासको नाममा कतै विनाशमात्रै त भैरहेको छैन ? भन्नेबारे पनि चर्चा गर्न आवश्यक रहेको उनको भनाई छ । उनले २०७६ सालमा मुलुकको सर्वाङ्गीण विकास कसरी हुन्छ भन्नेबारे वैचारिक रुपमा बहस गर्नुपर्नेपनि आवश्यकत्ता औंल्याए । उनले भने,‘विचारबिनाको विकास कसरी हुन्छ ?’
आजभन्दा अगाडि ‘हरियो बन, नेपालको धन’ भन्ने नेपालको अवस्था रहेको सुनाउँदै उनले भने,‘तर, आज विश्व ग्लोबल वार्मिङका कारण चिन्तित छ । विश्कै शक्तिशाली देशहरुपनि यसबारे चिन्तित छन् । हामी पनि यसबाट प्रताडित हुने अवस्था छ । अहिले हाम्रो वनको अवस्था के छ ?’
उनले नेपालका नेताहरुको विचित्रको रोग भनेको नै मञ्च पाएपछि भाषण ठोक्ने भएको उल्लेख गर्दै नेपाललाई नेपालजस्तो बनाउनुपर्ने बताए । उनले भने,‘हामी सिंगापुर र स्विट्जरल्याण्ड बनाउँछौं भन्छौं । तर, नेपाललाई नेपालजस्तो बनाउँछौं भनेर हामीले कहिल्यैपनि सार्वजनिक प्रतिबद्धता गरेनौं । यो अत्यन्तै दुःखदायी कुरा हो ।’
जनतालाई उत्तेजित पारेर नितान्त दलीय स्वार्थ पूरा गर्ने काम नेपालका दल र यसका नेताहरुबाट भएको उनको स्विकारोक्ति थियो । उनले भने,‘नेपालको अहिलेको अर्थ राजनीति, सामाजिक अवस्था अत्यन्तै चिन्ताजनक छ ।’
वर्तमान सरकारले हिजोकोभन्दा आज फरक काम गरेको भन्ने अनुभूति दिलाउनुपर्ने पनि उनले जोड दिए । वर्तमान सरकार फरक विचार राख्नेलाई जाईलाग्ने प्रवृत्तिमा देखिएको पनि उनले आरोप लगाए । उनले भने,‘सरकारको यो कदमले लोकतान्त्रिक प्रक्रिया नै अवरुद्ध भएको छ ।
उनले अहिलेको सरकार विगतको सरकारभन्दा फरक भएकोले यो सरकार आएसँगै नेपाली जनताको जीवनमा के–के फरक पर्यो भन्ने कुरा देखाउनुपर्ने पनि स्पष्ट पारे । 
यादवले राजपाले अब गर्ने आन्दोलनमा विचार मिल्नेहरुसँग सहकार्य गर्नेपनि जानकारी दिए । उनले भने,‘बडो प्रतिकुलताको अवस्थामा पनि हामीले यो सरकारलाई समर्थन जारी राख्यौं । तर, एक वर्षसम्मपनि केही नभएपछि हामीले सरकारलाई दिएको समर्थन फिर्ता लियौं ।’
सरकारलाई सचेत गराउने उद्देश्य बोकेर नै आफूहरुले दबाबमूलक कार्यक्रम अघि सारेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘हाम्रो आन्दोलनलाई परीणाममुखी बनाउनको लागि विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्छौं ।’
आफूहरु पार्टीको एकता महाधिवेशनमा जुटेको पनि उनले जनाए । उनले भने,‘महाधिवेशनको तिव्र तयारीमा छौं । अहिले संगठनलाई बलियो बनाउनतिर हामी लागेका छौं ।’

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter