सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट तालिम समापन

27 दिन अगाडी

काठमाडौं । सशस्त्र प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा संचालित लैंगिक हिंसा बिरुद्ध अनुशिक्षण तालिमको समापन गर्नुभयो । 
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले असोज ०९ गते आयोजित एक समारोहका वीच सो तालिमको समापन गर्नुका साथै तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो । 
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा तालिमको दौरानमा प्रशिक्षार्थीहरुले आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा भरपुर उपयोग गर्नुपर्ने चर्चा गर्नुहँुदै यस किसिमको तालिमले लैंगिक हिंसा सम्बन्धमा सचेतना अभिबृद्धि गरी सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । 
उहाँले सशस्त्र प्रहरी बल, नेपालको छविलाई माथि उठाउन तथा जनताको मनमा बितृष्ण पैदा हुन नदिन व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कार्य गर्नुपर्ने उल्लेख गर्नुहुँदै तालिममा सिकेका ज्ञानलाई आफुमा मात्र सिमित नराखी आफु मातहत कर्मचारीहरुलाई समेत सिकाउँदै लैंगिक हिंसा सम्बन्धमा सचेतना अभिबृद्धि गर्न योगदान पु¥याउनु पर्ने बताउनुभयो । 
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले संगठनमा आवद्ध राष्ट्रसेवकहरु लैंगिक हिंसा सम्बन्धमा सधैं सचेत रहनु पर्ने उल्लेख गर्नुहँुदै घरपरिवारमा मात्र नभई समाजलाई नै लैंगिक मैत्री बनाउन सबैले आ–आफ्नो स्थानबाट योगदान पु¥याउनुपर्ने चर्चा गर्नुभयो । 
कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै यस किसिमको तालिमले क्षमता अभिबृद्धि गर्नुका साथै लैंगिक हिंसा न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 
तालिमको दौरान प्रशिक्षार्थीहरुलाई लैंगिक हिंसा न्यूनिकरण, लैंगिक हिंसा बिरुद्ध सचेतना लगायतका विविध विषयमा प्रशिक्षण दिईएको कुरा सो अवसरमा जानकारी गराइएको थियो । 
उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी तथा गणमा जेण्डर फोकल प्वईन्टको रुपमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक ९ जना र सशस्त्र प्रहरी निरीक्षक २९ जना गरी कूल ३८ जना प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।

Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter