सहकारी समाजवादको पाठशाला होः बाँस्कोटा

2020-09-28

बागलुङ । राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री दिपक प्रकाश बाँस्कोटाले सहकारी समाजवादको पाठशाला भएकाले राजनीतिक दलहरुले सहकारीको प्रवद्र्धनमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ ।
  राष्ट्रिय सहकारी बैंक लिमिटेडको तदर्थ समितिका संयोजक समेत रहेका बाँस्कोटाले सोमबार सहकारी बैंकले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।
  सहकारी जति सफल भयो समाजवाद त्यति दिगो हुन्छ, बाँस्कोटाले भन्नुभयो, संविधानको प्रस्तावनामा समाजवाद उन्मुख राज्य बनाउने भनेर मात्रै हुदैन, त्यसको विकासका लागि सहकारी क्षेत्रको प्रवद्र्धन अपरिहार्य छ ।
जनतालाई आर्थिक रुपमा सक्षम बनाउनदेखि प्रजातान्त्रिक अभ्यासमा समेत सहकारीको महत्वपूर्ण भूमिका रहदै आएको छ, तर सहकारी क्षेत्रले जनतालाई वित्तीय रुपमा सक्षम बनाउन, सामाजिक रुपमा सचेत बनाउन खेलेको भूमिका प्रति राज्यका निकायहरु संवेदनशिल बन्न सकिरहेका छैनन्, बास्कोटाको भनाइ थियो ।
  सहकारी बैंकले देशका १२ हजार भन्दा बढी सहकारीहरुलाई एकत्रित गरी सहकारी क्षेत्रका प्रवद्र्धनमा योगदान गरेको छ, देशभरका सहकारी संघ संस्थाहरुले यस्तै काम गरेका छन, तर यसलाई प्रभावकारी सञ्चालनका लागि राज्यका तर्फबाट सहयोग नभएको गुनासो उहाँले गर्नु भयो । वित्तीय रुपमा सक्षम बन्दै गएको, देशभर सञ्जाल भएको र गरिवी निवारणमा योगदान गर्दै आएको सहकारी बैंकलाई क्लियरिङ हाउसको सदस्यता दिन के ले छेकेको छ ? मैले बुझ्न सकेको छैन, बास्कोटाले भन्नुभयो, राज्य सञ्चालकहरु जहिलेसम्म सहकारीमैत्री बन्न सक्दैनन्, त्यतिबेलासम्म समाजवादको परिकल्पना साकार हुन सक्दैन ।
  सहकारी बैंकलाई संघीय ढाचामा लैजान सुझाव दिदै बास्कोटाले सहकारी क्षेत्रमा अनावश्यक प्रतिस्पर्धा भन्दा पनि सेवालाई प्राथमिकता दिएर अगाडि बढ्न सहकारीकर्मीहरुलाई सुझाव दिनुभयो । सहकारी क्षेत्रको राष्ट्र बैकका रुपमा राष्ट्रिय सहकारी बैंंकलाई स्थापित गर्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
  कार्यक्रममा बैंकका पूर्व लेखा समितिका सदस्य कुलचन्द्र अधिकारी, पूर्व सञ्चालकहरु विजयराज घिमिरे, भागवत श्रेष्ठ, गोविन्द बहादुर मल्ल, मुक्तिनाथ पाण्डे, डिल्ली तिवारी, डा. विदुर चालिसे, मुकुन्द दाहाल, राम शरण शर्मा घिमिरे, पूर्व लेखा समितिका सदस्य सागर नेपाल, कुमार खत्री लगायतले सहकारी क्षेत्रको योगदान बढाउन सहकारी बैंकले गरेको काम सह्रानिय भएको बताउनुभयो । उहाँहरुले सहकारीकर्मीहरुको  सहभागिता र सक्रियतामा सहकारी बैंक स्थापित भएको भन्दै राज्यको ध्यानाकर्षण गर्नका लागि थप योजना बनाएर सबैलाई सहभागी गराई अगाडि बढ्न सुझाव दिनुभयो ।
  कार्यक्रमको शुरुवात गर्दै बैंकका अध्यक्ष के.बी. उप्रेतीले संस्थापक लगायत पूर्व सञ्चालकहरुको सल्लाह, सुझाव र सहभागितामा सहकारी बैंकलाई मुलुकको आर्थिक रुपान्तरणका महत्वपूर्ण साझेदार संस्थाका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको पछिल्लो अवस्था र आगामी योजनाका बारेमा जानकारी गराउदै देशभरका सहकारीलाई दीगो रुपमा सञ्चालनमा सहयोग गर्न बैंक सक्षम भएको बताउनुभयो ।
बैंकको प्रगति समिक्षा एवम् भावि कार्यदिशा ः संभावना र चुनौती विषयक कार्यक्रममा बैंकका पूर्व तथा निवर्तमान सञ्चालक र लेखा समितिका पदाधिकारी तथा सदस्यहरु र वर्तमान सञ्चालक समिति एवम् उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter