रमेश कुमार बोहोरा
काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या भट्टराई तनावमा छिन् ।
रबिन्द्रले कास्की–३ बाट प्रतिनिधिसभाको निर्वाचन जितेका थिए । फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीसहित ७ जनाको निधन भएको थियो । रबिन्द्रको ठाउँ खाली भएपछि अब हुने उपनिर्वाचनमा उनकी पत्नी विद्यालाई उठाउने चर्चा सुरु भएसँगै उनको विरोध भएको छ । विद्या काठमाडौंको रत्नराज्य क्याम्पसमा पढाउँछिन् । उनी उम्मेदवार बनेपछि जागिरबाट राजीनामा दिनुपर्छ । विद्या पनि राजनीतिमा लागेकै भएपनि पछिल्लो समयमा सक्रिय छैनन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले जनताका पक्षमा काम नगरेकाले धेरै आलोचना खेपेको छ । सरकार कमजोर भएकाले अब तत्काल हुने कुनै पनि निर्वाचन आफ्नो पक्षमा नहुने बुझेको नेकपाले स्थानीय तहमा खाली रहेका पदमा समेत निर्वाचन गराउने आँट गरेको छैन । प्रतिनिधिसभामा १ सिट रिक्त हुँदा पनि पार्टीलाई संसदीय प्रक्रियामा ठूलो असर पर्ने भएकाले पनि सरकारले छिट्टै निर्वाचन गर्ने सम्भावना छ । प्रदेशसभाका ३ सांसदको निधन भएकाले ३ वटा पद रिक्त छ । तीमध्ये नेकपाका २ वटा र १ जना राष्ट्रिय जनमोर्चाका सांसद रहेका छन् ।
पछिल्लो समयमा रबिन्द्र मन्त्री भएपछि उनी आलोचित बन्दै आएका थिए । वाइडबडी घोटाला काण्डमा मुछिएका रबिन्द्रले स्पष्टीकरण दिने मौकासमेत पाएनन् । त्यसो त उनको यही काण्डले राजनीति पनि धरापमा परिसकेको थियो । नेकपाले अहिलेको अवस्थामा बिद्याबाहेक अर्को उम्मेदवार देखेको पनि छैन । कास्कीमा बसेर राजनीति गर्दै आएका नेकपाका नेताले भने सधैं रबिन्द्रको विर्ता हो र भन्न थालेका छन् । रबिन्द्रले योसहित तेस्रोपटक संसदीय निर्वाचन जितेका हुन् । अब बिद्या उम्मेदवार बनेर जितिन् भने उनले पनि ९ वर्षसम्म खानेछिन् । त्यसो हुँदा २५ वर्ष रबिन्द्रको एकलौटीजस्तो हुन्छ । बिद्याले जितेपछि स्वभाविक रुपमा वहालवाला सांसद अर्को निर्वाचनमा पनि उम्मेदवार हुने निश्चित छ । एकातिर स्थानीय नेता तथा कार्यकर्ता रिसाएका छन् भने अर्कोतिर त्यो क्षेत्रमा कांग्रेस पनि बलियो छ । पार्टीभित्रको आन्तरिक द्धन्द्ध मिलाएर जाने हो भने नेकपाका जो उम्मेदवार भएपनि जित्न सजिलो नहुने स्थानीय बताउँछन् । बजार क्षेत्र पर्ने भएकाले मतदाताले नबुझी एकहोरो भोट नहाल्ने कांग्रेसीको तर्क छ । मृत्युमाथिको राजनीति नगर्न पनि धेरैले नेकपालाई सुझाव दिएका छन् ।
नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको चितवनको दासढुंगामा २०५० साल जेष्ठ ३ गते भएको दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनमा उनकी श्रीमती विद्यादेवी भण्डारी उम्मेदवार बनिन् र जितिन् । मदनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराइलाई हराएका थिए । सेतो कपडा लगाएर भोट माग्न गएकी विद्यालाई मतदाताले केही नसोची मतदान गरे । पछि भएको २०५१ सालको निर्वाचनमा पनि उनले काठमाडौंको ३ नम्बर क्षेत्रबाट निर्वाचन जितेर राजनीतिमा उदाइन् । त्यतिबेला नै महिला, बालबालिका तथा समाजकल्याणमन्त्री र पछि परराष्ट्रमन्त्रीसमेत भएकी उनी अहिले राष्ट्रपति छिन् । पावरको उन्माद लागेर राज्यको ढुकुटी बर्बाद गरेर सुख भोगमा लागेको आरोप राष्ट्रपतिले खेप्दै आएकी छिन् ।
केपी शर्मा ओलीले आशिर्वाद दिएपछि भण्डारी दोस्रो कार्यकालको लागि पनि राष्ट्रपति भएकी हुन् । ओलीको गरेको एकलौटी यो निर्णयले पार्टीमा अझैपनि द्धन्द्ध कायमै छ । कसैकसैले विद्या भट्टराईलाई भण्डारीजस्तै राष्ट्रपति बन्ने शुभकामना पनि फेसबुकबाट दिइसकेका छन् ।