काठमाडौँ । प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले राजीनामा दिएका छन् । उनले आफ्नो स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएको बताइएको छ ।
तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट सप्तरी १ मा विजय हासिल गरेका यादवले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका हुन् ।
‘मेरो स्वास्थ्यका कारणले म जनप्रतिनिधिको भूमिका निर्वाह गर्न असमर्थ भएको हुँदा राजीनामा दिएको छु’, यादवले सभामुखलाई बुझाएको राजीनामापत्रमा उल्लेख छ । यादवले राजीनामा दिने सम्बन्धमा पार्टीमा भने कुनै छलफल नभएको बताइएको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल रहेको छ ।