सात स्रष्टा सम्मानित

2018-05-22

काठमाडौँ। साहित्य र कला क्षेत्रका विभिन्न सात स्रष्टालाई लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले सम्मान गरेको छ ।
यसपटक गंगादेवी चौधरी स्मृति सम्मानबाट आख्यानकार भागिरथी श्रेष्ठ, अरनिको ललितकला सम्मानबाट चित्रकार शशीकला तिवारी, सरस्वती सम्मानबाट कवि दुर्गालाल श्रेष्ठ, नारायणगोपाल संगीत सम्मानबाट संगीतकार शुभबहादुर सुनाम, इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट प्रा। डा। प्रेमकुमार खत्री, बालकृष्ण सम रंग सम्मानबाट अभिनेत्री मिथिला शर्मा बोहरा र नेपाल नवप्रतिभा सम्मानबाट कवि तथा पत्रकार फूलमान वल सम्मानित भएका हुन ।
गंगादेवी चौधरी स्मृति सम्मानमा १ लाख रुपैयाँसहित ताम्रपत्र र अन्य सबै सम्मानमा ५१ हजार एक रुपैयाँसहित ताम्रपत्र रहेका छन् । सम्मानित स्रष्टाहरूलाई वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजालले दोसल्ला र साहित्य कला मन्दिरका अध्यक्ष एवं कवि वसन्त चौधरीले ताम्रपत्र हस्तान्तरण गरे ।
सम्मानित स्रष्टाहरूका तर्फबाट बोल्दै प्रा।डा। प्रेम खत्रीले विभिन्न क्षेत्रमा योगदान दिएकाहरूलाई खोजी–खोजी सम्मान गर्ने संस्कृति सकारात्मक भएको बताए । उनले पछिल्लो पुस्ता नेपाली मौलिक संस्कृति र ज्ञानबाट धेरै टाढा गइरहेकोप्रति चिन्ता जनाउँदै राज्य त्यतातिर ध्यान दिनुपर्ने पनि औंल्याए ।
कार्यक्रममा कवि तथा गीतकार वसन्त चौधरीको नयाँ काव्यकृति ‘चाहतों के साये में’ को गीतकार कालीप्रसाद रिजाल तथा हिन्दी भाषाका वरिष्ठ कवि एवं सामाजिक अभियन्ता डा। विजय पण्डितले लोकार्पण गरे । उक्त काव्य कृतिमा चौधरीका हिन्दीका कविताहरू अंग्रेजी अनुवादसहित छन् । डा। पण्डितले चौधरीको कृतिमा ‘मानव मनको अन्तर्यलाई समेत स्पर्श गर्ने प्रेमिल र सशक्त अभिव्यक्ति पाउने’ दाबी गरे ।
प्रसिद्ध भारतीय स्रष्टा खयामले भूमिका लेखेको कृतिमाथि त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी प्रमुख श्वेता दीक्षितले समालोचनात्मक टिप्पणी गरेकी थिइन् । चौधरीले आफ्नो लोकार्पित कृतिबाट केही कविता वाचन गर्दै आउँदा दिनहरूमा पनि साहित्य सेवामा तल्लीन रहने बताए ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter