साहित्यकार भट्टराईको दुई कृति एकैपटक सार्वजनिक

10 महिना अगाडी

काठमाडौं । साहित्यकार तुलसीप्रसाद भट्टराईद्धारा लिखित दुई वटा पुस्तक एकै साथ लोकार्पण भएको छ । 
मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी भट्टराईद्धारा गजल संग्रह मञ्जरी र समता नामक खण्डकाब्य लोकार्पण गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्री जितु गौतम, साहित्यकारहरु डम्बर पहाडी, तिलकप्रसाद उप्रेती, रमेश सुभेच्छुक, श्याम केसी, कल्पना काफ्लेलगायतले संयुक्त रुपमा लोकार्पण गरे । 
सो कृतिको लोकापर्ण कार्यक्रममा कुलपति उप्रेतीले बजारमा धेरै कृति आइरहने पनि ‘मञ्जरी’ र ‘समता’ नामक खण्डकाब्यले सिंगो समाजको प्रतिनिधित्व गर्ने बताए । उनले ‘समता’ नामक खण्डकाब्यले हिन्दु धर्मले कथित दलित जातीलाई होच्याइरहने परम्परा गलत भएको पुष्टि गर्ने बताए ।
‘पुस्तक समाजको ऐना हो, यसले समाज जस्तो छ त्यस्तै बोल्नुपर्छ’ उनले भने, ‘हिन्दु धर्ममा दलितलाई हेला गरिएको उल्लेख गरिएको भए पनि धर्म गन्थहरुमा त्यस्तो लेखिएको छैन भन्ने प्रमाणित गरिदिएको छ ।’
कुलपति उप्रेतीले साहित्यकार भट्टराईद्धारा रचित दुवै पुस्तकले नेपाली साहित्यको क्षेत्रलाई थप उभाईमा पु¥याउने अपेक्षा पनि गरे । 
साहित्य सुधा नेपालद्वारा आयोजित लोकापर्ण कार्यक्रममा सो पुस्तकको समालोचना गर्दै साहित्यकार तिलकप्रसाद उप्रेतीले पुस्तक पुस्तक मात्रै नभएर सारा नेपालीले पढ्नैपर्ने ज्ञानको भण्डार भएको बताए । 
समता खण्डकाव्यमा विभिन्न धार्मिकशास्त्र, समाजशास्त्र र प्रचलित कानूनका पुस्तकहरुको लामो स्वाध्ययनपछि साहित्यकार भट्टराईले छन्दबद्ध काव्यको रुपमा तयार गरेको यो दोस्रो कृति हो । पहिलो कृतिका रुपमा साहित्यकार भट्टराईले गजल संग्रह ‘मञ्जरी’लाई लिएका छन् । जसको मंगलबार नै लोकोर्पण गरिएको छ । 
‘गजल मञ्जुरी’ मा सामाजिक कुसंस्कार र राजनीतिक विचलन लगायतका विषयका ५८ वटा गजल समावेश गरिएको छ । झापामा बसेर साहित्य सिर्जनामा तल्लिन भट्टराईले आफ्नो कृति ‘समता’ मा छुवाछूत मान्नुलाई अपराधको रुपमा उल्लेख गरेका छन् । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter