साहित्य समाजको यथार्थ देखाउने र परिवर्तन गर्ने दर्शनः सभामुख महरा

2018-04-22

बैशाख ९, २०७५
काठमाडौं । सभामुख कृष्णबहादुर महराले साहित्य समाजको यथार्थता देखाउने र परिवर्तन गर्ने दर्शन भएको बताउनु भएको छ ।
साहित्यकार प्रदीप नेपालद्वारा लिखित ‘देशको खोजी’ कथा संग्रहको आज (शनिबार) पुल्चोकस्थित साझा प्रकाशनको कार्यालयमा आयोजित पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले साहित्य समाजको यथार्थता देखाउने दर्शन भएको बताउनुभएको हो ।
०३७÷३८ सालतिर आफूले साहित्यकार प्रदीप नेपालको कथा सञ्जय थापाको नामबाट पढ्ने मौका पाएको भन्दै सभामुख महराले आफूनिकै प्रभावित भएको बताउनुभयो । ‘मैले सञ्जय थापाको ‘दमाईको दुकानमा चिया खाइयो’ भन्ने कथा पढेको थिएँ, सभामुख महराले भन्नुभयो, ‘त्यसले मलाई निकै प्रभावित बनाएको थियो ।’
त्यतिबेला जातीय छुवाछूत विरुद्ध आवाज उठाउन निकै गाह्रो रहेको सम्झदै महराले भन्नुभयो, ‘त्यस्तो बेला लेखिएको त्यो कथाले सबैलाई निकै प्रभावित बनाएको थियो ।’ 
आफूलाई माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्ने व्यक्तिहरु पनि साहित्यकार नै भएको चर्चा गर्दै महराले मोहन वैद्य ‘किरण’ र कृष्ण सेन इच्छुकले आफूलाई राजनीतिक क्षेत्रमा लाग्न प्रेरित गरेको बताउनुभयो ।
‘साहित्यकार कृष्ण सेन इच्छुक मेरो एकदम मिल्ने साथी हुनुहुन्थ्यो । मलाई माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्नेमा उहाँको ठूलो भूमिका छ’ महराले भन्नुभयो, ‘चिनजान नभए पनि हामीबीच झण्डै दुई सयजति पत्रहरु आदान प्रदान भएका थिए ।’
आफूलाई नयाँ दृष्टिकोण बनाउन र माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्न सेनका साहित्यिक पत्रहरुले निकै भूमिका खेलेको भन्दै सभामुख महराले हरेक राजनीतिक व्यक्तिको प्रस्थानविन्दू अर्थात् अन्तरचक्षु साहित्यभन्दा पर हुन नसक्ने बताउनुभयो ।
त्यस्तै, अर्को प्रसंगमा सभामुख महराले साझा प्रकाशन जनताको साझा सम्पत्ति भएको बताउनुभयो । जनताको सम्पत्ति जोगाउन जनता नै जागरुक हुनुपर्ने भन्दै सभामुख महराले साझा प्रकाशन टिकाउन सरकार, निजी क्षेत्रलगायतको सबैको सहयोग जरुरी रहेको बताउनुभयो । 
सभामुखको हैसियतले आफूले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने भन्दै महराले साझा प्रकाशनले साहित्यप्रेमी सांसदहरुलाई बोलाएर बृहत अन्तरक्रिया गर्न सके राम्रो हुने सुझाव दिनुभयो ।
यसैबीच सोही कार्यक्रममा साहित्यकार तेजेश्वरबाबु ग्वगःद्वारा लिखित ‘रङ्ग अभिज्ञान’ निबन्ध संग्रहको शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा डा. लक्ष्मणप्रसाद गौतमले रङ्ग अभिज्ञान निबन्ध संग्रहको समीक्षा गर्नुभएको थियो भने प्रा.डा. दयाराम श्रेष्ठ र खगेन्द्र राईले देशको खोजी कथा संग्रहको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter