सुमन ढुंगाना
पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात व्यवसायीले सरकारको सिन्डीकेट प्रथाको कडा रुपमा विरोध गर्न सडकमा उत्रिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले सडक अवरोध खुलाउन आफै सडकमा उत्रिएका छन् । जिल्ला प्रहरी जस्तो व्यक्ति विना कुनै सुरक्षा अंगको व्यक्ति अगाडी र पछाडि लगाउँदै सडकमा यातायात व्यवसायीहरुको सिन्डीकेट हटाउन आफै सडकमा यातायात व्यवसायीहरुको सिन्डीकेट हटाउन आफै सडकमा उत्रिएको देख्दा पोखरा क्षेत्रका स्थानीयहरु आश्चर्यचकित बनेका छन् ।
हालका गृहमन्त्री रामबहादुर थापा (बादल) यातायात व्यवसायीको सिन्डीकेट प्रथाको विरुद्धमा कडा रुपमा प्रस्तुत भएपछि पहिलो एक्सनको रुपमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अशोक सिंह कडा रुपमा प्रस्तुत भएका हुन् । त्यहाँका यातायात व्यवसायीले सरकारको सिण्डीकेट प्रणालीको चौतर्फी विरोध गर्दै सडकमा सवारी साधनको अवरोध गरी सडक र व्यवसायीहरुको बीचमा अवरोध श्रृजना गर्न खोज्दा पोखरा त्यस आसपासका जनजीवनलाई सामान्य बनाउन प्रहरी उपरीक्षक अशोक सिंह कडा रुपमा प्रस्तुत भई आफै सडकमा उत्रिएका हुन् ।
पोखरा आसपासका क्षेत्रमा अब यातायात व्यवसायीको सिन्डीकेट प्रथालाई गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशन र सदिक्षा अनुरुप हटाई छाड्ने दृढता प्रहरी उपरीक्षक अशोक सिंहले व्यक्त गरेका छन् ।
(लेखक स्वराज साप्ताहिकका प्रधान सम्पाक हुन्)