सिन्धुपाल्चोकका २४२ बस्ती तुरुन्तै सुरक्षित स्थानान्तरण गर्न माग

2 महिना अगाडी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका जनप्रतिनिधिले बाढीपहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् । सदरमुकाम चौतारामा बिहीबार बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीको पहिचान र स्थानान्तरणसम्बन्धी समन्वय बैठकमा उनीहरुले बस्ती स्थानान्तरण गर्दा जीविकोपार्जनतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 
बैठकमा सिन्धुपाल्चोकमा २४२ बस्ती बाढीपहिराको जोखिममा रहेको बताइएको छ । पुनःनिर्माण प्राधिकरणका प्राविधिकले गरेको अध्ययनअनुसार यो तथ्याङ्क आएको हो । तथ्याङ्कानुसार गाउँपालिका भोटेकोशीमा ४९ र  बलेफीमा १४ तथा नगरपालिका बाह्रबीसे  २३ र चौतारा साँगाचोकगढीमा नगरपालिकामा चार बस्ती जोखिममा छन् ।
त्यस्तै हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसंखुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङ्पालमा ३२, सुनकोशीमा एक र त्रिपुरामा चार बस्ती जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।
प्राविधिकले तीमध्ये ७१ बस्ती रेड, ७५ बस्ती एल्लो र ७६ बस्ती ग्रिन जोनमा राखेको बताइएको छ  । तीमध्ये पनि अतिजोखिममा रहेका जुगल र बाह्रबीसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए  । उनका अनुसार जुगल गाउँपालिकाका लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने भएको छ । त्यस्तै बाह्रबीसे गाउँपालिकामा ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी स्थानान्तरण गर्न लागिएको छ ।
पूर्वमन्त्री शेरबहादुर तामाङले तुरुन्त असुरक्षित बस्ती स्थानान्तरण गर्न सरकार र पुनःनिर्माण प्राधिकरणलाई आग्रह गरे । सांसद तामाङले ढिला गर्दा अझै क्षति हुने भएकाले जनताको सुरक्षामा ध्यान दिन अनुरोध गरे । बैठकमा प्रदेशसभा सदस्य निमा लामा, मेलम्चीका प्रमुख डम्बर अर्याल, जुगलका अध्यक्ष होमनारायण श्रेष्ठ, इन्द्रावतीका अध्यक्ष वंशलाल तामाङलगायतले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गरिनुपर्नेमा जोड दिएका थिए ।
बाढीपहिराको उच्च चपेटामा परेको सिन्धुपाल्चोकमा साउनयता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कैयौँ मानिस घरबारविहीन बनेका छन् ।
 पहिरोपीडितलाई रु ६ लाख सहयोग
जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बुझिलिएको लिदी पहिरो पीडितका लागि देशविदेशका विभिन्न सङ्घसंस्था  र व्यक्तिबाट प्राप्त रु  पाँच लाख ६२ हजार पाँच सय पहिरो पीडितलाई बिहीबार वितरण गरिएको छ ।  राहत ३९ मृतक र बेपत्ताका परिवारलाई रु १० हजारका दरले रु तीन लाख ९० हजार, घाइते पाँच जनालाई रु पाँच हजार र पहिराबाट घर पूर्ण क्षति भएका २२ घरधुरीलाई रु पाँच हजार पाँच सयको दरले वितरण गरिएको हो । (रासस)


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter