सिन्धुपाल्चोकमा पाँचवटा सरकारी कार्यालयको उद्घाटन

8 महिना अगाडी

चौतारा । भूकम्पबाट क्षति भएका सिन्धुपाल्चोक जिल्लाका पाँच वटा सरकारी भवनको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, संघीय संसदका सांसदद्वय अग्नि सापकोटा र शेरबहादुर तामाङले पुनर्निर्माण सम्पन्न भएका भवनहरुको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन गरिएका भवनहरुमा जिल्ला वन कार्यालय एनेक्स भवन, कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रमुख जिल्ला अधिकारीको आवास भवन, मालपोत कार्यालय एनेक्स भवन र जिल्ला आकस्मिक सहायता भवन छन् ।

यी भवनको नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगमा भवनहरु पुनर्निर्माण गरिएको हो । पाँचवटा भवनको पुनर्निर्माण लागत १५ करोड रुपैयाँ छ ।

भदौ २७ गते चौतारामा आयोजित उद्घाटन समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण गरिएका नयाँ भवनहरुमा सरकारी सेवा प्रवाह अझ प्रभावकारी हुने र जनतालाई थप सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूकम्पबाट सबै भन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चकोमा निजी आवास, विद्यालय, सरकारी भवन लगायतको पुनर्निर्माणले विपद्लाई अवसरका रुपमा परिणत गरेको बताउनुभयो ।

सांसद अग्नि सापकोटाले भौतिक संरचनाहरुको पुनर्निर्माणले सिन्धुपाल्चोकको मुहार बदलेको बताउनुभयो । उहाँले यसरी पुनर्निर्माण होला भनेर विपद् लगत्तै आफूले नसोचेको उल्लेख गर्दै पुनर्निर्माणमा संलग्न सबैलाई धन्यवाद दिनुभयो ।सांसद सापकोटाले भूकम्प स्मृति पार्कको पुनर्निर्माण प्रकृया अघि बढेको भन्दै यसलाई नमूनाका रुपमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।

अर्का सांसद शेरबहादुर तामाङले जिल्लामा पुनर्निर्माण राम्रोसँग अघि बढेको बताउँदै मानवीय क्षति भए पनि भूकम्प अभिसाप नभई वरदान सावित भएको बताउनुभयो । उहाँले पुनर्निर्माणपछि सिन्धुपाल्चोक विकासको नमूना जिल्लामा पर्ने दाबी गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जनता, जनप्रतिनिधि लगायतलाई धन्यवाद दिनुभयो ।

प्रदेश नं ३ का सभासद् सरेश नेपालले निजी आवास, सरकारी भवन लगायतका संरचनाहरु बनेको खुशी व्यक्त गर्नुभयो । उहाँले बाँकी रहेका सम्पदा र जनताका गुनासाको सुनुवाई गर्न सुझाव दिनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० का आयोजना निर्देशक नवराज प्याकुरेलले भूकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई समयमा सम्पन्न गर्ने गरी काम गरेको बताउँदै पुनर्निर्माणमा सहयोग गर्ने निर्माण व्यवसायी लगायत सबैलाई धन्यवाद दिनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सन्तोष निरौलाले नेपाल सरकार र एसियाली विकास बैकमार्फत १७ वटा भवनमध्ये ६ वटाको पुनर्निर्माण सम्पन्न भएको र १० वटा पुनर्निर्माणको प्रकृयामा रहेको जानकारी दिनुभयो । उहाँले भारतीय एक्जिम बैंकबाट प्राप्त हुने रकमबाट बन्ने सरकारी भवनहरुको पुनर्निर्माण प्रकृया पनि अघि बढेको जानकारी दिनुभयो ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter