सिमेन्ट कम्पनीको ठगी धन्दा फस्टाउँदै

3 महिना अगाडी

काठमाडौं । मापदण्डविपरीत सिमेन्ट विक्री गर्ने विभिन्न सिमेन्ट उद्योगमाथि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाहीको प्रक्रिया अघि बढाएको छ । सिमेन्ट उद्योगले व्यवासयिक धर्म निर्वाह गर्नुको साटो उपभोक्ता ठग्दै लुटपाट मच्याएका छन् । 
सिमेन्ट उद्योगले मनपरी गर्न थालेपछि संसदीय समितिमा पनि सांसदहरुले आवाज उठाउँदै आएका छन् । सांसदहरुले गुणस्तरीय उत्पादन नदिने उद्योगीलाई तत्काल कारवाही गर्न मागसमेत गरेका छन् । गुणस्तरहीन सिमेन्ट विक्री गरी उपभोक्ता ठगी गरेको र मानव स्वास्थ्यलाई समेत असर गर्ने वस्तु प्रयोग गरेको र बनाइएका भवन अत्यन्तै कमजोर भएको भन्दै गुनासो बढेपछि विभागले अनुगमन थालेको हो । विभागले होङ्सी , शिवम, गणपति, शुभश्री, जगदम्बालगायतका सिमेन्टमाथि कारबाही अघि बढाएकोे छ । गुणस्तरहीन सामाग्री प्रयोग गरेको भेटिएपछि विभागले गणपति सिमेन्ट विक्री वितरणमा रोक लगाएको छ । विभागले होङ्सी, गणपति र शुभश्री जगदम्बा सिमेन्ट बजारबाट फिर्ता गर्न सञ्चालकलाई पत्राचार गरिसकेको छ । विभागले गुणस्तरहीन भन्दै खरिद नगर्न उपभोक्तालाई आग्रह समेत गरेको छ । विभागले कारवाही गर्ने भनेपछि अरु सिमेन्ट उद्योगीहरु पनि जसरी भएपनि आफ्नो कालो कर्तुत ढाकछोप गर्न दौडधुपमा लागेको समाचारस्रोतले जनायो । एकातिर सिमेन्टको भाउ पनि दिनैपिच्छे बढाइएको छ भने अर्कातिर गुणस्तर समेत खस्कँदै आएको छ । 
उपभोक्ताले होङ्सी, गणपति र शुभश्री जगदम्बा लगायतका सिमेन्टबाट ठगिएको भन्दै उजुरी परेपछि ती सिमेन्ट उद्योगमाथि कारबाही थालिएको विभागले जनाएको छ । उपभोक्ताले सगरमाथा सिमेन्ट पनि गुणस्तरहीन भएकाले आफुहरु ठगिएको भन्दै कारबाहीको माग गर्दै आईरहेका छन् । विभागले काठमाडौं, ललितपुर, मोरङ, जनकपुर, झापा र बारा पुगेर ३४ वटा नमूना लिई परीक्षण गरेको थियो । यसरी परीक्षण गर्दा होङ्सी, गणपति र शुभश्री जगदम्बा लगायतका सिमेन्ट पूर्ण रुपमा गुणस्तरहीन भेटिएको प्रवक्ता उपनिर्देशक रोमी मानन्धरले जानकारी दिईन् ।
होङ्सीको ओपीसी र पीपीसी दुवै सिमेन्टमा म्याग्नेसिम अत्याधिक बढी भेटिएको छ । गुणस्तरयुक्त ओपीसी सिमेन्टमा म्याग्नेसियमको मात्रा ५ प्रतिशत हुनुपर्छ तर, होङ्सीको ओपीसी सिमेन्टमा म्याग्नेसियमको मात्रा ५ दशमलव ८ भेटिएको प्रवक्ता मानन्धरले बताइन् । यसैगरी, गणपति, शुभश्री जगदम्बा सिमेन्टमा पनि परीक्षणको क्रममा म्याग्नेसियमको मात्रा ५ दशमलव ८ भेटिएको विभागले जनाएको छ । म्याग्नेसियम बढी भएको सिमेन्टले घर, भवन तथा पुल निर्माण गर्दा छिट्टै भत्कने जोखिम उच्च हुन्छ । होङ्सी, गणपति र शुभश्री जगदम्बा सिमेन्ट लगायतका सिमेन्टमा मापदण्डविपरीत विक्री गरेको पाइएको थियो ।
विभागका अनुसार जाँचका क्रममा गणपति सिमेन्टमा दुईवटा कैफियत भेटिएको थियो । जस अनुसार म्याग्नेसियम अत्याधिक बढी देखिएको छ भने सिमेन्टलाई पूर्ण रुपमा गुणस्तरहीन बनाउने पदार्थ आईआर (अघुलनशील पदार्थ) समेत अत्याधिक बढी भेटिएको छ । गुणस्तरहीन सिमेन्ट विक्री गरी उपभोक्ता ठगी गर्ने क्रममा सुधार नगरे ती सिमेन्ट उद्योगको इजाजतपत्र समेत रद्द गर्न सक्ने चेतावनी विभागले दिएको छ ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter