सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

2018-04-14

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या भएको बताएका छन् । 
१४ वर्षअघिदेखि नेपाल जापान गर्दै आएका उनले जापानमा नागरिकले हरेक सुविधा राज्यबाट पाउने गरेकाले पनि जनताहरु सरकारसँग सन्तुष्ट भएको बताए । ‘पहिले त जापान पनि संकटमा थियो तर पछि संघर्ष र मिहनेतले अहिले यो अवस्थामा आइपुगेको छ ’ उनले भने ‘ शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी छ, कुनै पनि मानिसले मलाई यो समस्या भयो भन्नु पर्दैन ।’ उनी त्यहाँ जाँदा नेपाली वकिल कोही पनि थिएनन् । कर्पोरेट लयर श्रेष्ठले विशेषगरी महिला, समाज र विधिका बारेमा खोज तथा अनुसन्धान गर्दै आएका छन् । जापानमै पीएच्डी अध्ययनरत उनले समाजमा महिलालाई शक्ति र सम्पत्तिमा पहुँच पु¥याउन सके समाज परिवर्तन गर्न धेरै समय नलाग्ने बताए । महिला सक्षम भए परिवारका साथै समाज पनि सही दिशामा जाने उनको तर्क छ ।
नेपाल चेम्वर अफ कमर्शको वाणिज्यदूतसमेत रहेका उनले जापानमा रहँदा नेपालीहरुलाई कानुनी र नीतिगत सल्लाह दिने गरेका छन् । जापानबाट नेपालमा लगानी गर्नुपर्छ भनेर पटकपटक विभिन्न व्यक्ति र समूहसँग छलफल गरेका छन् । ‘नेपालमा पनि लगानीको वातावरण छ भनेर भन्दै आएको छु, कतै केही कानुनी पाटाहरुमा व्यवसायीले समस्या भोगेका छन् भनें त्यसलाई सहजीकरण गरिदिनुपर्छ’ उनले भने ‘ नेपाल र जापानबीचको व्यापारिक र आपसी सम्वन्ध सुधार गर्न र व्यवसायलाई वृद्धि गर्न पहल गर्नुपर्ने खाँचो छ ।’ 
उनले जापानमा कुनै पनि नागरिक रोजगार नपाएर बस्नु नपर्ने बताउँछन् । प्रत्येक टोलमा रोजगारी दिने कार्यालय भएको र त्यहाँ सम्पर्क गरेपछि उसले आफ्नो क्षमता अनुसार रोजगार पाउने उनको भनाई छ । अनिवार्य रुपमा पढ्नुपर्ने व्यवस्था छ । सरकारी र निजी विद्यालयबीच फरक नहुने भएकाले विद्यार्थीहरु सरकारी विद्यालयमा पढ्न पनि रुचाउँछन् । सरकारले बालबालिका र वृद्धवृद्धाका लागि स्वास्थ्यमा विशेष छुट दिएको छ , उपचार नपाएर कसैले पनि जिवन त्याग गर्नुपरेको छैन ।
जापानमा शान्ति, सुरक्षाको चिन्ता गर्नु पर्दैन । कोही पनि असुरक्षित हुनु परेको छैन । ‘ चोरी हुने कुरा नै हुँदैन, कतै पैसा, मोवाइल वा केही भेटियो भने पनि प्रहरी कार्यालयमा बुझाउने चलन छ, कसैले आफैं राखेमा र पछि हराएकाले उजुरी गरेर उसले भेटेकै थाहा पाए पनि चोरी गरेको ठहर्छ’ उनले भने ‘ कसैले पैसा छैन भन्यो भने प्रहरीले घर जानका लागि १ हजारसम्म दिने चलन छ तर पछि फिर्ता गर्नुपर्छ ।’ उनी नेपाल पनि आइरहन्छन्, चावहिलमा पनि ल फर्म खोलेका छन् ।
जापानमा धेरैजसो नेपालीहरु पहिले अर्काको काम गर्थे भनें अहिले आफ्नै पेशा गरेर अरुलाई रोजगार दिएका छन् । श्रेष्ठले नीति, नियम र सिस्टम राम्रो भएकाले जापान क्रमशः प्रगतिपथमा गएको तर नेपालमा भने राजनीतिक द्धन्द्ध र एक आपसमा देखिने विरोध र द्धन्द्धले संकटमा पर्दै गएको बताएका छन् ।


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter